त्रिशु अग्रहरीले राधाकृष्ण मन्दिरमा ५५ हजार सहयोग गरेर मनाइन आफ्नो जन्मदिन

त्रिशु अग्रहरीले राधाकृष्ण मन्दिरमा ५५ हजार सहयोग गरेर मनाइन आफ्नो जन्मदिन

  • शुक्रबार, चैत्र ३०, २०८०
  • रबिन्द्र यादव

  • 2.4K
    SHARES

पश्चिम नवलपरासी ३० चैत । जन्मदिन मनाउने आ – आफ्नो शैली हुन्छन् । कतिपयले आफ्नै तौरतरिका अनुसार आफ्नो जन्मदिन मनाउने गरेको पाइन्छ । कोहीले ठूलो ठूलो भोजभतेर, पार्टी फंशन गरेर फजुल खर्च गरेको पाइन्छ भने कतिपयले सामुदायमा रहेका असहायलाई सहयोग गरेर मनाएका हुन्छन् । कतिपयले बिद्यार्थीलाई कलम कापी झोला वितरण गरेर आफ्नो जन्मदिन मनाएका हुन्छन् । पछिल्लो समय भने जन्मदिन मनाउने तरिका अलि मोडिएको पाइन्छ ।

यसै क्रममा पश्चिम नवलपरासीका एक युवा व्यवसायीले आफ्नो छोरीको जन्मदिनको अवसरमा पाल्हिनन्दन गाउँपालिका वडा नं ५ बिष्णुपुरामा रहेको राधाकृष्ण मन्दिरका व्यवस्थापन समितिका अध्यक्ष राजाराम गुप्तालाई ५५ हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्तरण गरेर आफ्नो छोरी त्रिशु अग्रहरिको जन्मदिन मनाएका छन् ।

उहाँले विष्णुपुरामा रहेको राधाकृष्ण मन्दिरलाई रंगरोगन सहित थप व्यवस्थित बनाउन सहयोग गरेको बताउनु भयो ।

आफ्नो सानो सहयोगले मन्दिर व्यवस्थापनमा थोरै भएपनि सहयोग पुगोस भनेर सहयोग गर्न लागेको उहाँको भनाई छ । अग्रहरि उद्योग वाणिाज्य संघ नवलपरासीका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उनलाई मनकारीको रुपमा समेत चिनिन्छ । वहाँले कोरोना महामारीको बेला पनि विपन्न बर्गका परिवारलाई खद्दान सहित आवश्यक सहयोग गरेको पाइन्छ । बाढिको बेला पनि उनले खद्दान सहित बाढि ग्रसित क्षेत्रमा गएर सहयोग गरेको स्थानियहरु बताउँछन् । उहाँको छोरीको जन्मदिन चैत २९ गते हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ