काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–५ सिपाली स्थित नागबेलीमा एउटा समूहले बुद्धचित्त मालाको रुख काटेका छन् । रुख काटेर घरको ढोकामा दुईवटा सकेट बम राखेर आरोपीहरू फरार भएको प्रहरीले जनाएको छ ।
स्थानीय ठाकुरानी तामाङको स्वामित्वमा रहेको सो बुद्धचित्तको माला काभ्रे जिल्लामा महँगोमा बिक्री हुँदै आएको थियो ।
दुईवटा समूहको बिचमा पैसाको विवाद हुँदा अर्को समूहले मान्छे प्रयोग गरेको र तेस्रो पक्षले पैसाको बार्गेनिङ्ग गरेर रुख काटेको हुनसक्ने आकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेकी एसपी वसुन्धरा खड्का नेतृत्वको टिमले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।
गएराति २ बजेतिर ७ जनाको समूह गएर इलेक्ट्रिक आरोले रुख काटेर बम झुन्ड्याएर भागेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline