इरान–इजरायल युद्दको खतरा, इरानले एअरस्पेश बन्द गरेर सुरू गर्‍यो युद्द अभ्यास

इरान–इजरायल युद्दको खतरा, इरानले एअरस्पेश बन्द गरेर सुरू गर्‍यो युद्द अभ्यास

  • शुक्रबार, चैत्र ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

तेहरान, ३० चैत । गाजा पछि इजरायलले इरानको हमला सामाना गर्नु पर्ने सम्भावना बढेर गएको छ ।

सिरियामा रहेको इरानी दुतावासमा हमला गरेर बरिष्ठ अधिकारीहरू मारे पछि इरानले बदला लिने जनाइसकेको छ ।

इरानले इजरायल माथी हमला गरे अमेरिका चुप लागेर नबस्ने भन्दै जो वाइडेनले इजरायलको सुरक्षाका लागि ‘फलामे ढाल’ बनेर उभिने जनाइसकेका छन् । जसका कारण मध्य पुर्व एसियामा थप दन्द्द बढने सम्भावनालाइ नजर अन्दाज गर्ने अवस्था भने छैन ।

यसैबिचमा, अमेरिकी मिडियाले इरानवाट हुन सक्ने सम्भावित खतरालाइ लिएर ठूलो दाबी गर्न थालेका छन । उनीहरूका अनुसार इरानले आणविक बम बनाउने प्रयास गरिरहेको र जसका लागि तीव्र गतिमा परमाणु सामग्री अर्थात् युरेनियम जम्मा गरिरहेको बताए । इरानले आणविक बम बनाउने आफ्नो मनसाय नभएको बताउँदै आएको भए पनि अमेरिकी अधिकारीहरूले इरानले आणविक बम बनाउन सक्ने डर भने कायमै रहेको छ ।

इजरायल र उसको आणविक कार्यक्रमलाई लिएर अमेरिका र इरानबीच पहिले देखि नै तनाव छ । इजरायलले एक इरानी कमाण्डरको हत्या गरे पछि इरानले इजरायलविरुद्ध बदला लिने डर बढेको छ। वासिङ्टन पोस्टका अनुसार इरानले आफूले कुनै आणविक बम नबनाउँदै आएको बताउँदै आएको छ तर सो देशसँग पर्याप्त युरेनियम छ कि उसले त्यसबाट कम्तीमा तीनवटा परमाणु बम बनाउन सक्छ। इरानले केही दिन वा हप्ताभित्रै यो गर्न सक्ने विश्वास गरिएको छ ।

उता, इरानी मिडियाका अनुसार इरानले एयरस्पेस बन्द गरेर इरानी सेना युद्धाभ्यासमा उत्रिएका छन् ।

जसका कारण जर्मन एयरलाइन्स लुफ्थान्सा एयरलाइन्सले बिहीबार तेहरानका लागि सबै उडानहरू स्थगित गरेको थियो । मध्यपूर्वका सबै देशहरू हाल इरानबाट हुन सक्ने आक्रमणको खतरालाई लिएर अलर्टमा रहेकाे जनाएका छन् ।

अरबी भाषामा प्रकाशित इरानी समाचार एजेन्सीको रिपोर्ट अनुसार इरानले सैन्य अभ्यास गर्नका लागि राजधानी तेहरानमाथिको आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। तर पछि इरानी मिडियाले यो रिपोर्ट हटाएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ