इजरायलले गल्ति गर्यो, सजाय पाउछ- इरानी सर्वोच्च नेता खामेनी

इजरायलले गल्ति गर्यो, सजाय पाउछ- इरानी सर्वोच्च नेता खामेनी

  • बिहिबार, चैत्र २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौँ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सिरियाको राजधानीमा रहेको इरानको वाणिज्य दूतावासमा भएको आत्मघाती हमलाको लागि इजरायललाई कारबाही गर्नुपर्ने र त्यसको सजाय भोग्नुपर्ने बताएका छन् ।

इदको अवसरमा इरानको राजधानी तेहरानमा आयोजित एक सभालाई सम्बोधन गर्दै अली खामेनीले यस्तो बताएका हुन् । इरानको सरकारी टिभीका अनुसार खामेनीले अप्रिल १ मा वाणिज्य दूतावासमा हमला गरेर इजरायलले गल्ती गरेको बताएका छन् ।

खामेनीले भने, ‘सिरियाको वाणिज्य दूतावासमा हमला गर्नु ठूलो गल्ती हो। कुनै पनि देशमा रहेको दूतावासलाई त्यो देशको हिस्सा मानिन्छ। हाम्रो भूमिमा आक्रमण भएको छ ।’

इजरायलको आक्रमणमा इरानको रिभोलुसनरी गार्डका दुई शीर्ष कमाण्डर र पाँच अधिकारीको मृत्यु भएको थियो । इरानका शीर्ष कमाण्डर र उनका सहायक एक मिसनमा सिरिया गएका थिए, त्यही क्रममा हमला भएको थियो ।

इजरायलले अक्टोबर ७ देखि हमास विरुद्ध युद्ध गरिरहेको छ । इजरायलले गरेको यो युद्धमा ३३ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् ।

युद्ध चलिरहेको बेलादेखि, लेबनानको सीमा नजिकै उत्तरी इजरायलमा इजरायल र इरान समर्थित समूह हिजबुल्लाहबीच लगभग दैनिक गोलीबारी भइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी