त्रियुगा, २८ चैत ।
जे.भी. फाउन्डेसन नेपाल रास्ट्रिय समितिकाको कोशी प्रदेशको कार्यालय उद्घाटन गरिएको छ । बुधबार फाउन्डेसनका केन्द्रिय अध्यक्ष तथा रास्ट्रिय समितिका प्रमुख संरक्षक रास्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्यले कार्यालय उद्घाटन गर्नुभएको हो । सो क्रममा रास्ट्रिय समितिका अध्यक्ष देवीमाया सुनुवार ,सदस्य सचिव, सचिव र प्रवक्ताको पनि उपस्थिति थियो ।
काठमाडौंबाट आज नै उदयपुर आइपुगेको टाेलिले त्रियुगा नगरपालिका भित्र रहेका धार्मिक स्थलकाे अवलाेकन सहित दर्शन गरेकाे थियाे । त्रियुगाकाे ११ नम्बर वडामा रहेकाे निर्माणाधीन भिमेश्वर मन्दिरकाे अवलाेकन गरिएकाे प्रा.डा. वैद्यले जानकारी दिनुभयो ।
त्यसअघि राष्ट्रिय समितिले वडा नम्बर ६ का अध्यक्ष योगेन्द्र प्रसाद दाहाललाई मुर्ति हस्तान्तरण गरिएको थियो ।
झिगु नेवा : पुच: त्रियुगा मार्फत वडाध्यक्ष दाहाललाई मुर्ति र पन्चधातु जडित गजुर, सिलालेख हस्तान्तरण गरिएको हाे । प्रा.डा. वैद्य ले ने उक्त मुर्ति हस्तान्तरण गर्नुभएको थियो ।
झिगु नेवा : पुच:ले अन्तरास्ट्रिय सोसल अवार्ड प्राप्त गर्नुभएका वैद्यलाई बधाई तथा शुभकामना समेत प्रदान गरेको थियो । धिमे बाजासहित स्वागत गर्नुका साथै विशेष कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेवा: पुच: कार्यवाहक अध्यक्ष विजय कुमार तुलाधर , सचीव गोपाल श्रेष्ठ लगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिरहेको थियो ।
राष्ट्रिय समाजसेवी प्रा .डा. वैद्यलाई भिमेस्वर मन्दिर व्यावस्थापन समितीका अध्यक्ष हरिबहादुर श्रेष्ठले पनि दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।

