बिद्यार्थी ठग्दै बीरगञ्जको नेसेन्ट एजुकेशन फाउण्डेसन

बिद्यार्थी ठग्दै बीरगञ्जको नेसेन्ट एजुकेशन फाउण्डेसन

  • मङ्लबार, चैत्र २७, २०८०
  • दीपक चौरासीया

  • 5.4K
    SHARES

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. ८ लिंकरोडमा रहेको नेसेन्ट एजुकेशन फाउन्डेसन प्राईभेट लिमिटेडले गरिरहेको ठगी धन्दा बारे विभिन्न सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भए पछि सञ्चालक रंजित पडितले केही पत्रकारलाई प्रयोग गरेर चोखिने प्रयास गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक पेजमा हेरिएको सो भिडियोमा प्रस्तोता पत्रकारले रंजित पडितलाई बचाउ गर्दै चोख्याउने प्रयास गर्ने गरेको देखिन्छ । सो भिडियोमा अभिभावक र विद्यार्थीहरुलाई प्रस्तोता र पडित दुबै मिली गुमराह पार्ने प्रयास गर्ने गरेको अविभावकहरुको बुझाई छ । भिडियोको अन्तमा प्रस्तोताले दुई चार पैसाको लागि वार्गेनिङ्ग नगर्न र जे तथ्य छ केलाएर लेख्न आग्रह गरेका छन् ।

सञ्चालक रंजित पडितको टिम सँग कसले, कुन पत्रकार, को सँग, कहिले, कुन माध्यमले पैसा मागेको केही आधार प्रमाण छ ? “जो चोर उसैको ठूलो स्वर” विद्यार्थीहरुले दिएको निवेदन, छात्रावासको खानामा भेटिएको किरा, झिंगा र मुसा लगायतका प्रयाप्त प्रमाणहरुको आधारमा समाचार प्रकाशन हुंदा रकम मागेको मिथ्या आरोप लगाउने प्रस्तोतालाई लाजशर्म छ कि छैन ? पत्रकारिता क्षेत्रलाई कता तिर लान खोज्नु भएको हो ? सत्य समाचार प्रकाशन हुंदा प्रस्तोताले स्वयं पैसा मागेको आरोप लगाउनु कतिको जायज छ ? तर तपाई के को प्रभावमा परेर नेसेन्टको चाप्लुसी र दलाली गर्न जानु भएको हो आफै बताई दिनुस न । अन्तर्वार्ता लिने तरिका यही हो ? पत्रकार आचार संहिता अध्ययन गर्नु भएको छ ? यस्ता पत्रकारहरुको कारणले पत्रकारिता क्षेत्र बदनाम हुदै गईरहेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

नेसेन्ट एजुकेशनले पर्सा, बारा, रौतहटका विद्यार्थी र अभिभावकहरुलाई गुमराहमा राखी भारतको गुजरातमा रहेको पारुल युनिभर्सिटीमा पठाउने गरेको स्रोतको दाबी छ। बिगत केही महिना पहिले पर्सा, बारा जिल्लाका विद्यार्थीहरुलाई गुमराहमा पारी नेसेन्ट एजुकेशनले पारुल युनिभर्सिटीमा एच.ए. पढनको लागि पठाएको थियो । सो युनिभर्सिटीमा एच.ए. पढन गएका विद्यार्थीहरुलाई त्यहाँ सिएमए पढाउने गरेको र छात्रावासको खानामा झिंगा, किरा, मुसा भेटिएको र भने अनुसारको सुविधाहरु नपाएको भन्दै एक÷दुई महिना समय बिताएर भागेर आएका ५ जना विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा आफुहरु ठगीमा परेको भन्दै निवेदन दिएका थिए । सो निवेदन माथि जिल्ला प्रहरी कार्यालय पर्सामा छलफल हुँदा विद्यार्थी र सञ्चालकहरुको कुरा सुनेपछि सञ्चालकहरु दोषी रहेको ठहर गर्दै पिडित विद्यार्थीहरुलाई रकम फिर्ता गर्न पर्सा प्रहरीले भनेको थियो ।

विद्यार्थीहरुको सोही निवेदनको आधारमा दर्जनौ मिडियाहरुले समाचार प्रकाशन गरे पछि आईतवार पडितले एक पत्रकार भनिएकालाई अफिसमै बोलाई यथार्थ कुराहरु लुकाउदै हुदै नभएको मनगडन्ते कुराहरु राख्दै आफु चोखो बन्न प्रयास गरेका छन् । जबकी विद्यार्थीहरुलाई पडित र उनको टिमले नै ठगेको प्रशासन कार्यालयमा परेको निवेदनले प्रष्ट भईसकेको छ । यदि पडितको टिमले ठगी गरेका थिएनन् भने विद्यार्थीहरुलाई पैसा फिर्ता गर्ने सहमति किन गरे त ?

पडितको ठगी कार्यमा सहयोग गर्दै आएका नेसेन्टका सह–संचालक अजित चौरसिया र सहयोगी लालमहम्मद अंसारीले नक्कली सर्टिफिकेटको कारोबारमा संलग्न रहेको बुझिएको छ ।

विद्यार्थीहरुलाई बाहिर पठाउने र उनीहरु दुर्भाग्यवस फेल भएमा नेसेन्टका सञ्चालक पडितको टिमले नक्कली सर्टिफिकेट बनाएर दिने गरेको स्रोतको दाबी गरेको छ ।

पारुल युनिभर्सिटीको छात्रावासको खाना गुणस्तरीय नरहेको र व्यवस्थापनको कमजोरीको कारण छात्र–छात्रा बिग्रने गरेकोले नेपालमा सो युनिभर्सिटीलाई कालो सूचिमा राख्न शिक्षाविद्धहरुको सुझाव रहेको छ ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी