टर्कीएले इजराइलमाथि व्यापार प्रतिबन्ध लगाउने

टर्कीएले इजराइलमाथि व्यापार प्रतिबन्ध लगाउने

  • मङ्लबार, चैत्र २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

गाजामा इजराइली युद्धको जवाफमा टर्कीएले मङ्गलबारदेखि सिमेन्ट, स्टिल र फलामको निर्माण सामग्रीसहित धेरै उत्पादनमा इजराइलमाथि व्यापार प्रतिबन्ध लगाउने व्यापार मन्त्रालयले विज्ञप्तिमा बताएको छ ।

“इजराइलले तत्काल युद्धविराम घोषणा नगरेसम्म र गाजामा मानवीय सहायताको पर्याप्त तथा निर्बाध प्रवाहको अनुमति नदिएसम्म यो निर्णय कायम रहने छ”, मन्त्रालयले सामाजिक सञ्जालमा घोषणा गरेको छ । इजराइलले गाजालाई हवाई सहयाता प्रदान गर्ने आफ्नो प्रयासलाई रोकेको एक दिनपछि टर्कीएले नयाँ कदम चालेको हो ।

विदेशमन्त्री हकन फिदानले सोमबार इजराइलविरुद्ध प्रतिशोधको वाचा गर्दै प्रतिबन्धलाई ‘चरणबद्ध रूपमा’ र ‘बिना कुनै ढिलाइ’ लागु गरिने बताउनु भयो ।

टर्कीए गाजामा इजराइलको युद्धको सबैभन्दा कठोर आलोचकहरूमध्येको एक रहेको छ । राष्ट्रपति रेसेप तैयम एर्दोगानले इजराइललाई ‘आतङ्कवादी राज्य’ को संज्ञा दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ