बाँध फुटेपछि रुसमा चार हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो

बाँध फुटेपछि रुसमा चार हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो

  • शनिबार, चैत्र २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

रुसले कजाकिस्तान नजिकैको दक्षिणी युरालमा बाँध फुटेपछि आएको बाढीका कारण ओरेनबर्ग क्षेत्रबाट चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको शनिबार बताएको छ ।

कजाकिस्तानको सिमानामा पर्ने ओर्स्क सहरमा बाँध फुटेपछि आपत्कालीन सेवाहरूले रातभर काम गरिरहेका छन् । ओरेनबर्गका गभर्नरको प्रेस सेवाले एक हजार १९ बालबालिकासहित चार हजार दुई सय आठ जनालाई सुरक्षित स्थानमा सारिएको र शुक्रबारको मुसलधारे वर्षाले बाँध फुटेपछि दुई हजार पाँच सयभन्दा धेरै घर बाढीबाट प्रभावित भएको बताएको छ ।

रुसले सन् २०१४ मा निर्माण गरिएको बाँध फुट्नुमा ‘लापरवाही र निर्माण सुरक्षा नियमहरूको उल्लङ्घन’ का लागि आपराधिक मामिला खोलेको छ । ओरेनबर्ग क्षेत्रीय गभर्नर डेनिस पास्लरले विशेषज्ञहरूले बाँध ‘अलग अलग वजनका लागि’ बनाइएको र वर्षाको स्तर ‘असाधारण’ रहेको आकलन गरेको बताउनुभयो ।

अधिकारीहरूले ओरेनबर्गमा युराल नदीमा खतरनाक जलस्तरको चेतावनी दिँदै सम्पूर्ण क्षेत्रमा स्थिति कठिन भएको बताएका छन् । पाँच लाख जनसङ्ख्या भएको सहरका मेयर सर्गेई सालमिनले बाढीग्रस्त क्षेत्रबाट निकाल्ने आदेशलाई अस्वीकार गर्ने मानिसलाई अधिकारीहरूले जबरजस्ती बाहिर निकाल्ने बताउनुभयो ।

उहाँले युराल नदीको जलस्तर आठ सय ५५ सेन्टिमिटरसम्म बढेको र अझ बढ्ने बताउनुभयो । उहाँका अनुसार सहरका धेरै जिल्ला र वरपरका गाउँहरू प्रभावित हुने सम्भावना छ ।

“स्थितिले तपाईंलाई कुनै विकल्प छाड्दैन, राति नदी गम्भीर स्तरसम्म पुग्न सक्छ, म बाढीग्रस्त क्षेत्रका सबै मानिसलाई तुरुन्त आफ्नो घर छाड्न आह्वान गर्दछु”, मेयर सालमिनले भन्नुभयो, “सम्झाउने कुनै समय छैन, जसले स्वेच्छिकरूपमा खतरनाक क्षेत्र छाड्न अस्वीकार गर्छ, हामी प्रहरी अधिकारीको सहयोगमा जबरजस्ती खाली गराउने छौँ ।”

कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट टोकायेभले बाढी कजाकिस्तानमा ८० वर्षमा सबैभन्दा प्राकृतिक प्रकोपमध्येको एक भएको बताउनुभयो । उहाँले मुलुकका अधिकारीहरूसँग प्रभावित मानिसहरूको सहयोगका लागि तयार रहन आह्वान गर्नुभयो ।

रुसी आपत्कालीन सेवाहरूले डुङ्गा र होभरक्राफ्टमा गाउँहरू हुँदै गइरहेका उद्धारकर्मीहरूको तस्बिर प्रकाशित गरेका छन् । युराल र पश्चिमी साइबेरियाका धेरै क्षेत्र वसन्त प्रारम्भदेखि नै बाढीबाट प्रभावित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ