यदी फ्रान्सले युक्रेनमा सेना पठाए दुखदः अन्त्य हुने रुसको चेतावनी

यदी फ्रान्सले युक्रेनमा सेना पठाए दुखदः अन्त्य हुने रुसको चेतावनी

  • बिहिबार, चैत्र २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

एजेन्सी । रुसले यदी युक्रेनमा सेना पठाए दुखद अन्त्य हुने फ्रान्सलाई चेतावनी दिएको छ । ठूलो परिणाममा पैसा र अत्याधुनिक हतियार दिँदा पनि युक्रेन निरन्तर असफल भएपछि नाटो सेना युक्रेनमा तैनाथ गर्न फ्रान्स सहितका देशले छलफल गरीरहेका बेला रुसी रक्षा मन्त्री सरगेई सुगोले यस्तो चेतावनी दिएका हुन् ।

रुसका रक्षा मन्त्री सरगेई सुगो र फ्रान्सका रक्षामन्त्री सेबास्टीयन लुकोर्नु बीच दुर्लभ फोन वार्ताका क्रममा रुसको तर्फबाट यो चेतावनी जारी भएको हो ।

सुगोले युक्रेनमा सेना पठाउने निर्णय यदी फ्रान्सले गरेमा उसले आफ्ना लागि आफै समस्या सृजना गर्ने सचेत गराएका छन् ।

फ्रान्सका राष्ट्रपति ईम्यानुएल म्याक्रोनले नाटो सेनालाई युक्रेनमा तैनाथ गर्नु पर्ने दोहोर्याउदै आएका छन् ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ