चीनको ताईवानमा आज बिहान ७.३ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । त्यस लगत्तै ६ र ५.९ म्याग्निच्युटको शक्तिशाली पराकम्प पनि गएको ग्लोबल टाईम्सले जनाएको छ ।
यो भूकम्प पछि चीन र जापानमा सुनामीको चेतावनी जारी गरिएको छ । यो २५ वर्षयताकै शक्तिशाली भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।
यस भूकम्पबाट भएको जनधनको क्षतिको विवरण आउन बाँकी रहेको छ । कम्तीमा २६ वटा ठूला भवनहरु ढलेको बताईएको छ । सँयौँ नागरिकहरु च्यापिएको वा थुनिएको आशंका गरिएको छ । अहिले धमाधम उद्धार कार्य चलिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline