अमेरीकामा एकै ब्यक्तिले चक्कु प्रहार गरी चार जनाको हत्या

अमेरीकामा एकै ब्यक्तिले चक्कु प्रहार गरी चार जनाको हत्या

  • बिहिबार, चैत्र १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

रकफोर्ड, अमेरिका, १५ चैत । संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार गर्दा चार जनाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन् ।

प्रहरीले उक्त घटनामा शंकास्पद आरोपी एक २२ वर्षीय युवकलाई पक्राउ गरेको रकफोर्ड प्रहरी प्रमुख कार्ला रेडले बताउनु भएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

कार्लाका अनुसार राति १ बजेतिर घटनास्थलबाट सहयोगका लागि प्रहरीमा खबर आएको जानकारी दिनुभयो ।

प्रहरीका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चौथो व्यक्तिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा १५ वर्षीया एक किशोरी, ६३ वर्षीया महिला, ४९ वर्षीय व्यक्ति र २२ वर्षीय युवा रहेका छन् । उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
कार्लाका अनुसार घटनाका बारेमा विस्तृत विवरण प्राप्त गर्न पीडितका घर आसपास राखिएका सिसिटिभी क्यामेरा दुरुस्त राख्न अनुरोध गरिएको छ ।

रकफोर्डको जनसंख्या करिब एकलाख ५० हजार रहेको र यो स्थान सिकागो शहरबाट करिब १४५ किलोमिटर टाढा रहेको छ ।

रकफोर्डस्थित वाल्मार्ट सपिङ मलमा कार्यरत एक युवाको वाल्मार्टभित्रै बुधबार हत्या भएपछि यस्तो घटना भएको प्रहरीको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी