रुसको राजधानी मस्को नजिकै रहेको क्रोकस सिटी हलको कन्सर्ट हलमा तीन जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउदा ६० जना मानिसको मृत्यु भएको छ । यसै गरी सय जना भन्दा बढी घाईते भएका छन् ।
छदम भेषमा आएका तीन जनाले कन्सर्टमा भेला भएका मानिसहरुमाथि जथाभावी गोली चलाएको रुसी सुरक्षा अधिकारीहरुले बताएका छन् ।
बन्दुकधारीले कम्तीमा १५ देखि २० मिनेटसम्म गोली चलाएका थिए । बन्दुकधारीहरु पनि सुरक्षा कार्बाहीमा मारिएको बताईएको छ ।
रुसले यसलाई षड्यन्त्र र आतंकवादी हमला भन्दै सख्त कार्बाहीको चेतावनी दिएको छ ।
रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले आतंकवादी हमलाको निन्दा गर्दै शोक सन्तप्त परिवारजनमा समवेना र घाईतेहरुको शीघ्र श्वास्थ्य लाभको कामना गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline