अफ्गानिस्तानमा आईएसआईद्धारा आत्मघाती बम आक्रमणमा परी २१ जनाको मृत्यु

अफ्गानिस्तानमा आईएसआईद्धारा आत्मघाती बम आक्रमणमा परी २१ जनाको मृत्यु

  • शुक्रबार, चैत्र ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

९ चैत, काठमाडौं । अफगानिस्तानको कान्दहारमा आत्मघाती बम विस्फोटमा परी २१ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । यो विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस)ले लिएको छ ।

अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा विहीबार बम विष्फोट भएको थियो । त्यतिबेला सेवाग्राहीहरुको भीड थियो । धेरैजसो सेवाग्राही तलब निकाल्न बैंकमा लाइन लागेका बेला आत्मघाती बम विस्फोट भएको थियो ।

बीबीसीका अनुसार तालिबान सरकारले यो घटनामा तीन जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ । तर बीबीसीले नै चिकित्सक स्रोतलाई उद्धृत गर्दै २१ जनाको मृत्यु भएको र कम्तिमा ५० जना घाइते भएको उल्लेख गरेको छ ।

विस्फोटमा परेकाहरुको उपचार कान्दहारको सबैभन्दा ठूलो अस्पताल मिरवाइसमा भइरहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ