भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ

भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ

  • शुक्रबार, चैत्र ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई भारतको सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेटले पक्राउ गरेको छ।

बिहीबार साँझ इडीको टोलीले मुख्यमन्त्री निवासमा छापा मारेको केही घण्टापछि केजरीवाललाई पक्राउ गरेको हो।

केजरीवाल सरकारले ल्याएको मदिरा बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको भन्दै उनलाई सुरूमा दुई घण्टा सोधपुछ गरिएको थियो।

पक्राउ गरेको विरूद्ध भारतको सर्वोच्च अदालतमा रिट समेत दर्ता भइसकेको छ।

यस मुद्दामा पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया, कारोबारी विजय नायर, अभिषेक बोइनपल्ली र आमआदमी पार्टीका राज्यसभा सांसद संजय सिंह पक्राउ परेका छन्।

आम आदमी पार्टीका नेताहरूले मुख्यमन्त्री केजरीवालले हिरासतबाटै सरकार चलाउने बताएका छन्।

दिल्ली सरकारले सन् २०२१ नोभेम्बर १७ मा मदिरा सम्बन्धी नीति लागु गरेको थियो।

यस नीति अन्तर्गत राजधानीमा ३२ वटा जोन बनाइएको थियो। हरेक जोनमा धेरैमा २७ वटा मदिरा पसल खोल्ने भनिएको थियो। यसरी कूल ८४९ पसल खोल्ने भनिएको थियो।

नयाँ मदिरा नीतिले दिल्लीका सबै मदिरा पसललाई प्राइभेट बनाइएको थियो। त्यसअघि ६० प्रतिशत पसलहरू सरकारी र ४० प्रतिशत निजी रहेको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ