युक्रेनले बन्दी बनाएका रुसी सेनामा कार्यरत पाँच नेपाली सार्वजनिक

युक्रेनले बन्दी बनाएका रुसी सेनामा कार्यरत पाँच नेपाली सार्वजनिक

  • आइतवार, चैत्र ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

युक्रेनी सेनाले रसियासँगको युद्धका क्रममा बन्दी बनाइएका ५ जना नेपालीसहित ८ जनाई विदेशी सैनिकलाई सार्वजनिक गरेको छ।

युक्रेनी सेनाले रोल्पाका प्रतीक पुन, राजापुर नगरपालिका-१ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ-२ का विकास राई, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछानेलाई सार्वजनिक गरेको हो ।

युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपालीलाई घर फिर्तीका लागि पहल गरिदिन परिवारका सदस्यहरूले आग्रह गरेका छन्।

लामो समयदेखि बेपत्ता प्रतीकसहितका नेपाली युवाहरू सकुशल सार्वजनिक भएपछि परिवारमा केही राहत महसुस भएको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार यक्रेनी सेनाले गत शुक्रबार सार्वजनिक गरेकामा ५ नेपाली, तीन क्युबाली तथा एक-एकजना सोमालिया र सियरलियोनाका नागरिक रहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी