सुन तस्करी प्रकरण : कृष्ण बहादुर महरादेखि राजस्व अनुसन्धानका पूर्व महानिर्देशक अधिकारी सम्मलाई मुद्धा चलाउन सिफारीस

सुन तस्करी प्रकरण : कृष्ण बहादुर महरादेखि राजस्व अनुसन्धानका पूर्व महानिर्देशक अधिकारी सम्मलाई मुद्धा चलाउन सिफारीस

  • शुक्रबार, चैत्र २, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

२ चैत, काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणको छानविन गर्न गठिन आयोगले माओवादी नेता कृष्ण बहादुर महरा, राजश्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारी लगायतलाई कार्बाही गर्न सिफारीस गरेको छ । आयोगले गृहमन्त्रीलाई बुझाएको यो प्रतिवेदन आज प्रधानमन्त्रीको हातमा पुगेको छ ।

महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

यसै गरी सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग अधिकारीको सम्बन्ध देखिएपछि कारबाही गर्न सिफारिस गरेको हो । दावा र अधिकारीबीच वी च्याटमा नियमित कुराकानी हुने गरेको फेला परेको थियो ।

यो प्रकरणमा विभिन्न व्यक्तिहरु हाल जेलमा रहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी