रुसी सेनामा रहेका थप सात नेपालीको मत्यु भएको पुष्टी

रुसी सेनामा रहेका थप सात नेपालीको मत्यु भएको पुष्टी

  • बिहिबार, चैत्र १, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

परराष्ट्र मन्त्रालयले रूसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। यो सँगै मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले रूसी सेनामा कार्यरत सात नेपालीको मृत्यु भएको पुष्टि गरेको हो।
यसअघि सरकारले १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको थियो। धादिङका पूर्णबहादुर गुरूङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको परराष्ट्रले बिहीबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले उनीहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ।

परराष्ट्रले केही मित्र राष्ट्रहरू बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति नरहेको पनि प्रष्ट पारेको छ।

मन्त्रालयले मंसिर १८ र पुस ४ गते विज्ञप्तिमार्फत् सरकारी कामकाज, रूसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्‍य सर्वसाधरण नागरिकलाई रूस यात्रा गर्नुपरेमा नो अब्जेक्सन सर्टिफिकेट अनिवार्य गरेको बताएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी