चिनियाँ नागरिकको स्वामित्वमा रहेको ुटिकटकु स्वामित्व विक्री गर्नु पर्ने अन्यथा टिकटकलाई पतिवन्ध गर्ने कानुन अमेरीकी संसदले पारित गरेको छ । अमेरिकालाई नबेचे सो एप देशभर प्रतिबन्ध लगाउने विधेयक अमेरिकन हाउस अफ रिप्रेजेन्टेटिभले पास गरेको हो ।
चिनियाँको स्वामित्वमा रहेको टिकटक अमेरिकाका लागि सुरक्षा चुनौती भएको भन्दै अमेरिकी हाउसले यस्तो विधेयक पास गरेको हो। यो विधेयक अब सिनेटमा जानेछ। सिनेटले यो विधेयक पास गर्छ कि गर्दैन भन्ने यकिन छैन।
दुबै सदन हाउस र सिनेटले पास गरेपछि यो विधेयक राष्ट्रपतिकहाँ जान्छ। राष्ट्रपतिले हस्ताक्षर गरेपछि यो विधेयक कानुन बन्नेछ। राष्ट्रपति जो बाइडेनले कंग्रेस (दुबै सदन) ले यो विधेयक पास गरेमा आफूले हस्ताक्षर गर्ने बताएका छन्।
चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकमा अहिले १५ करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताहरू छन्। यो बाइटडान्स कम्पनी चीन सरकारको भएको र यसले अमेरिकी प्रयोगकर्ताहरूको व्यक्तिगत विवरणहरू संकलन गरिरहेको अमेरिकीहरुको बुझाई छ ।
यसबाट अमेरिकालाई असुरक्षा हुने भन्दै उनीहरूले कि टिकटकको स्वामित्व बेच्नुपर्ने, नभए प्रतिबन्ध लगाउनुपर्ने भनेका हुन्।
संसदमा मतदान हुँदा ३५२ सांसदले टिकटक प्रतिवन्धको पक्षमा र ६५ जना सांसदले बिपक्षमा मतदान गरेका थिए ।
आगामी ६ महिना भित्र टिकटक बाईट डान्सबाट अन्त विक्री भएन भने अमेरीकाले प्रतिवन्ध गर्नेछ । टिकटकमाथि २०२० देखि भारतमा प्रतिन्ध छ भने नेपालले पनि सामाजिक सुरक्षामा खलल पुरयाएको भन्दै केही समय अघिदेखि प्रतिवन्धित छ ।