हइटीका प्रधानमन्त्रीले राजीनामा दिदै

हइटीका प्रधानमन्त्रीले राजीनामा दिदै

  • मङ्लबार, फाल्गुन २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

हइटीका प्रधानमन्त्री एरियल हेनरीले सङ्क्रमणकालीन राष्ट्रपति परिषद् गठन भएपछि आफूले राजीनामा दिने घोषणा गर्नु भएको छ ।
“मैले नेतृत्व गरिरहेको सरकारले (सङ्क्रमण) परिषद्को स्थापनापछि तुरुन्तै राजीनामा दिनेछ । म सबै हइटीबासीलाई शान्ति र स्थायित्वका लागि संयमित रहन आग्रह गर्दछु” हेनरीले भिडियो सम्बोधनमा भन्नु भएको छ ।

क्यारिबियन समुदायका क्षेत्रीय नेताहरूले सोमबार जमैकामा राजनीतिक सङ्क्रमणको व्यवस्थापन ढाँचामा छलफल गर्न र स्थानीय बासिन्दाहरूलाई तत्काल मानवीय सहायता प्रदान गर्नका लागि आपत्कालीन शिखर सम्मेलन आयोजना गरेका छन् ।

सन् २०२१ जुलाई ७ मा हइटीका तत्कालीन राष्ट्रपति जोभेनेल मोइसको हत्या भएपछि त्यहाँ राजनीतिक अस्थिरता बढेको छ । हइटीमा यस वर्षको फेब्रुअरी ७ अघि निर्वाचन हुने भनिएको थियो तर हुन सकेन जसले सामाजिक अशान्ति र राजनीतिक अस्थिरता निम्त्याइरहेको छ ।
फेब्रुअरीको अन्त्यदेखि हइटीका थुप्रै गिरोह सङ्गठनहरूले प्रधानमन्त्रीको राजीनामाको माग गर्दै राजधानी, पोर्ट-ओ-प्रिन्स, प्रहरी चौकी, प्रहरी प्रतिष्ठान र अन्तरराष्ट्रिय विमानस्थललगायत सार्वजनिक निकाय र क्षेत्रमा आक्रमणलाई तीव्रता दिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ