भारतमा विवादास्पद नागरिकता कानुन लागू, मुस्लिम बिरोधी भएको आरोप

भारतमा विवादास्पद नागरिकता कानुन लागू, मुस्लिम बिरोधी भएको आरोप

  • मङ्लबार, फाल्गुन २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

भारतमा मोदी सरकारले विवादास्पद नागरिकता कानुन लागू गरेको घोषणा गरेको छ । यो नागरिकता संसोधन २०१९ मा गरिएको थियो । तर भारतभर आन्दोलन चर्किएपछि स्थगित गरिएको थियो ।

यो संसोधन अनुसार भारतमा बंगलादेश, अफ्गानिस्तान र पाकिस्तानबाट शरणार्थीका रुपमा प्रवेश गरेका गैर मुस्लिम नागरिकलाई नागरिकता दिने बाटो खुला गरिएको छ ।

यो विषयको बिरोधमा आन्दोलन चर्किदा दिल्लीमा दर्जनौ खासगरी मुस्लिम नागरिकहरुको मृत्यु भएको थियो ।

आगामी मे महिनामा मोदीले तेस्रो कार्यकालको लागि निर्वाचन लड्नु अघि यो कानुन लागू गरेर हिन्दु राष्ट्रवादीहरुको मन जित्ने प्रयास गरेका छन् ।

विभिन्न अधिकारकर्मी समुहहरुले यो विवादास्पद कानुनले विश्वको सबै भन्दा ठूलो प्रजातन्त्रको धर्मनिरपेक्ष चरित्रमाथि गंभीर प्रश्न उठाएका छन ।

मोदी आगामी सन् २०२९ सम्मका लागि फेरी प्रधानमन्त्री हुने दाउमा रहेका बेला यो कानुन लागू गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ