एजेन्सी । गाजामा ईजरायली हमलाको बिरोधमा हुथी विद्रोहीले लगातार लाल सागरमा जहाजहरुमाथि हमला जारी राखेको छ । अमेरीका र बेलायतले यमनमा हुथी विद्रोहीको क्याम्पमा हमला गरेपनि हुथी समुहले लाल सागरमा आक्रमण जारी राखेको छ ।
शनिबार हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमणमा एक जहाज समुन्द्रमा डुबेको छ ।
यसले पश्चिम एशिया र यूरोपमा आपुर्ति प्रणालीमा प्रभाव परेको बताईएको छ ।
रुबीमार नामक जहाज पुरै समुन्द्रमा डुबेको रोयटर्सले उल्लेख गरेको छ । जहाजका क्रु सदस्यहरुलाई बेलायती सेनाले उद्धार गरेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline