दुर्घटना पीडितको शव युक्रेन फिर्ता गर्न रूस तयार

दुर्घटना पीडितको शव युक्रेन फिर्ता गर्न रूस तयार

  • शुक्रबार, फाल्गुन १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

बेलगोरोड क्षेत्रमा सैन्य आईएल–७६ विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको शव युक्रेनमा हस्तान्तरण गर्नको लागि रूस तयारी अवस्थामा रहेको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।

प्रक्रियागत दृष्टिकोणबाट आवश्यक पर्ने सबै कुरा तयारी अवस्थामा भएको रूसी मानव अधिकार आयुक्त तात्याना मोस्काल्कोभालाई उद्धत गर्दै रूसको आरआइए नोभोस्ती समाचार एजेन्सीले जनाएको छ । विद्यमान प्रक्रियाहरू सल्टाएर शव हस्तान्तरण गर्न सकिने उहाँले बताउनुभयो ।

जनवरी २४ मा, युक्रेनी सशस्त्र बलले बेलगोरोड क्षेत्रमा रूसी सैन्य यातायात विमान, आईएल– ७६ लाई गोली हानेको थियो । विमानमा ६५ जना युक्रेनी कैदीहरू आदान प्रदानका लागि सवार थिए । दुर्घटनामा कैदीहरूको साथमा तीनजना रूसी अधिकारीहरूका साथै छ जना चालक दलका सदस्यहरूले आफ्नो ज्यान गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ