ढाकामा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु

ढाकामा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु

  • शुक्रबार, फाल्गुन १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

बङ्गलादेशको राजधानी ढाकाको एक अग्लो भवनमा बिहीबार राति आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।

बङ्गलादेशका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री समान्तलाल सेनले शुक्रबार बिहान सिन्ह्वासँगको कुराकानीमा घटनाको पुष्टि गर्नुभएको छ ।

उहाँका अनुसार ३३ जनाको शव ढाका मेडिकल कलेज अस्पतालमा र १० जनाको शव ढाकास्थित शेख हसिना नेसनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरीमा ल्याइएको छ ।

ढाकास्थित फायर सर्भिस एण्ड सिभिल डिफेन्स हेडक्वाटरका इन्स्पेक्टर अनवारुल इस्लामले सिन्ह्वासँग कुरा गर्दै ४२ जना अचेत अवस्थामा रहेकासहित करिब ७५ जनालाई ‘ग्रिन कोजी कटेज सपिङ मल’ बाट उद्धार गरिएको र उनीहरुलाई विभिन्न अस्पतालमा लगिएको बताउनुभएको छ ।

इस्लामका अनुसार उद्धारकर्मीले घटनास्थलमा काम गरिरहेका छन् । राति ९ः३० बजेतिर आगलागी भएको सूचना पाएपछि दमकल पठाइएको उहाँले बताउनुभयो ।

स्थानीय समयअनुसार बिहीबार राति ११ः३० बजे १२ वटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए ।

अधिकारीका अनुसार सात तले भवनमा एउटा रेस्टुरेन्ट, एउटा आउटलेट र अन्य थुप्रै पसलहरू छन् ।

नाम उल्लेख नगर्नेे शर्तमा अग्नि नियन्त्रकका अर्का एक अधिकारीले आगलागीमा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने बताउनुभएको छ ।

शुक्रबार बिहानै आएको टिभी रिपोर्ट अनुसार भवनको केही भागमा शुक्रबार बिहान समाचार तयार पार्दासम्म आगलागी पूर्ण नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण तत्काल खुल्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ