ताइवानलाई अमेरिकी हतियार बिक्रीको चीनद्वारा विरोध

ताइवानलाई अमेरिकी हतियार बिक्रीको चीनद्वारा विरोध

  • बुधबार, फाल्गुन १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

चिनियाँ सरकारका प्रवक्ताले बुधबार चीनको ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्री बारे कडा विरोध गर्नु भएको छ ।

राज्य परिषद्को ताइवान मामिला कार्यालयका प्रवक्ता झु फेङ्ग्लियनले अमेरिकी पक्षलाई ‘एक चीन सिद्धान्त’ र ‘तीन चीन-अमेरिका संयुक्त विज्ञप्ति’ नीतिको कडाइका साथ पालना गर्न आग्रह गर्नुभएको छ। उहाँले अमेरिकालाई ताइवानलाई तुरुन्तै हतियार बिक्री रोक्न समेत आग्रह गर्नु भएको छ ।

ताइवानलाई करिब ७५ मिलियन अमेरिकी डलरको हतियार बेच्न अमेरिकी सरकारले हालै दिएको स्वीकृति बारेको प्रतिक्रिया सोध्दा उहाँले यस्तो टिप्पणी गर्नु भएको हो ।

प्रवक्ता झुले ताइवानमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका अधिकारीहरूलाई उनीहरूको “स्वतन्त्रता” एजेन्डाका लागि अमेरिकी समर्थन खोज्ने र बलद्वारा “स्वतन्त्रता” पछ्याउने प्रयासले ताइवानलाई खतरनाक रूपमा युद्धको नजिक लैजाने र ताइवानका जनतालाई खतरामा पार्ने चेतावनी दिनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ