एजेन्सी । रुस र युक्रेनबीच युद्ध शुरु भएको दुई बर्ष पुरा भएको छ । यस बीचमा रुसलाई परास्त गर्न अमेरीका सहित ३१ नेटो देश र अन्य देशहरुले युक्रेनलाई भारी मात्रामा हतियार र पैसा उपलव्ध गराएका छन् ।
यसका बाबजुद एक्लै रुसले ती हतियारहरु नष्ट गर्दै कब्जा गरीरहेको छ । जर्मनीले दिएको लियोपार्ड ट्यांक, अमेरीकाले दिएको सबै भन्दा एडभान्स अब्राहम ट्यांक रुसी सेनाले कब्जामा लिएर प्रयोग गर्न थालेको छ ।
केही दिन अघि मात्रै कब्जा गरिएको एभदिभ्का शहरको सीमामा रुसी सेनाले अब्राहम टैंक तैनाथ गरेको जनाईएको छ ।
रुसी सञ्चार माध्यमका अनुसार अमेरीकाले युक्रेनलाई ३१ वटा अब्राहम एम १ मुख्य युद्धक टैंक दिएको छ । यस मध्य केही नष्ट भएका छन् भने केही रुसी सेनाले कब्जा गरेको छ ।
यस अघि जर्मनीले उपलव्ध गराएको लियोपार्ड टैंक पनि रुसी सेनाले कब्जा गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline