ईजरायलद्धारा प्यालेष्टाईनीमाथि बर्बर आक्रमण जारी, सँयुक्त राष्ट्रसंघको युद्ध बिराम सम्बन्धि प्रस्ताव अमेरीकाले रोक्यो

ईजरायलद्धारा प्यालेष्टाईनीमाथि बर्बर आक्रमण जारी, सँयुक्त राष्ट्रसंघको युद्ध बिराम सम्बन्धि प्रस्ताव अमेरीकाले रोक्यो

  • बुधबार, फाल्गुन ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

ईजरायलले हमास बिरुद्ध कार्बाहीका नाममा करीब ३० हजार प्यालेष्टाईनी नागरिकको ज्यान लिईसकेको छ । ७० हजार भन्दा धेरै घाईते भएका छन् ।

अक्टोबर ७ मा हमासले ईजरायलमा आक्रमण गरेपछि ईजरायलले अमेरीकाको समर्थनमा प्यालेष्टाईनी नागरिक बिरुद्ध हमला जारी राखेको छ । अस्पताल, शरणार्थी शिविर, विद्यालय सबै तिर ईजरायलले हवाई तथा स्थलगत आक्रमण जारी राखेको छ ।

यसैबीच सँयुक्त राष्ट्रसंघमा तत्काल युद्ध बिराम गर्न ईजरायललाई बाध्य पार्ने गरी निर्णय गर्ने क्रममा अमेरीकाले भिटो प्रयोग गरेर रोकिदिएको छ । प्यालेष्टाईनी प्रतिनिधि रियाद मन्सुरले अमेरीकाले ईजरायललाई निरन्तर हत्याका लागि अनुमति दिएको भन्दै चिन्ता जनाएका छन् ।

रफाह अस्पतालमा पछिल्लो समय निरन्तर ईजरायलले आक्रमण गर्दा सँयौँ नागरिक र बिरामीको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ