मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचारः तीन पूर्व सचिव सहितलाई मुद्धा दायर

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचारः तीन पूर्व सचिव सहितलाई मुद्धा दायर

  • आइतवार, फाल्गुन ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै तीन पूर्व सचिवसहित १५ जना र दुईवटा कम्पनीविरूद्ध मुद्दा दायर गरेको छ।

आइतबार विशेष अदालतमा पूर्वसचिव भीम उपाध्यायसहित १५ जना र दुई वटा कम्पनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि रेग्मीले जानकारी दिए।

निर्माण व्यवसायी कम्पनी र ठेकेदार परामर्शदाता कम्पनी विरूद्ध पनि मुद्दा दायर भएको हो।

आयोजनाको निर्माण व्यवसायी सिएमसी दी रभिनाुलाई काम नै नगरी रकम भुक्तानी गरेको उजुरी परेपछि सो कम्पनी बिरुद्ध पनि मुद्धा दायर भएको हो ।

अघिल्लो निर्माण कम्पनीले छाडेर गएको मेशिन तथा अन्य सामग्री ुसिएमसी दी रभिनाुले प्रयोग गरेबापतको भाडा कट्टा नगरी भुक्तानी गरेको र पछिल्लो बिलबाट समायोजन गर्ने भनिएको बढी भुक्तानी रकम पछाडिका बिलमा समायोजन नगरेको भन्ने उजुरीमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको खुलेको अख्तियारले जनाएको छ।

उक्त निवेदनमाथि अनुसन्धान गर्दा पाँचवर्षसम्म अनियमित तरिकाले भुक्तानी गरेको पाइएपछि अख्तियारले मुद्धा दर्ता गरेको हो ।

अख्तियारले विशेषमा दायर गरेको अभियोगपत्र अनुसार २०७० असार ३१ गते मेलम्ची खानेपानी आयोजना निर्माणको काम गर्न इटालियन कम्पनी ुसिएमसी दी रभिनाु लाई छनौट गरी सम्झौता भएको थियो। १०९५ दिनभित्रमा बाँकी निर्माण काम सम्पन्न गर्न ७ अर्ब ७२ करोड रुपैयाँमा ९भ्याट बाहेक० सम्झौता गरिएको थियो।

त्यसबीचमा कन्ट्र्याक्टर, कन्सल्ट्यान्ट र नियुक्त गर्ने सरोकारवाला तीनै पक्षको संलग्नतामा ठेक्का सम्झौता र सार्वजनिक खरिद ऐन, २०६३ विपरीत भुक्तानी गरेर सरकारलाई हानिनोक्सानी र निर्माण व्यवसायीलाई फाइदा हुने गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।

त्यस्तै निर्माण व्यवसायीले साइट छाडेर गएपनि कुनै शर्तमा द्विविधा भएमा मात्रै परामर्शदाता राख्नुपर्नेमा कुनै द्विविधा नहुँदै आफूलाई मन्त्रिपरिषदको सरह अधिकार भएको भन्ने गलत अर्थ लगाएर मेलम्ची बोर्डबाट सहमति लिई ुएड्वार्ड कोरबेट एन्ड कोु सँग करार सम्झौता गरेको थियो।

बदनियतपूर्वक यस्तो सम्झौता गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले तत्कालीन तीन सचिवविरूद्ध मुद्दा दायर गरेको छ।

तत्कालीन बोर्ड अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव संजय शर्मा, अर्थ मन्त्रालयका तत्कालीन सहसचिव तथा बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव भीमप्रसाद उपाध्यायले अनियमित तरिकाले भुक्तानी गरेर सरकारलाई हानि पुर्‍याएक अख्तियारको दाबी छ।

उनीहरू मध्ये शर्मा र पौडेलले ६ करोड ९७ लाख ८३ हजार १७८ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ। दुवैबाट उक्त रकम बराबरको बिगो असुल गर्नुपर्ने, विगो बमोजिमको जरिवाना र कैद सजाय हुनुपर्ने दाबी छ।

त्यस्तै उपाध्यायले ४ करोड ११ लाख ३४ हजार २७९ रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ। उनलाई बिगो, बिगो बमोजिम जरिवाना र कैद सजाय हुनुपर्ने माग गरिएको छ।

विकास समितिका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्‍त्रालयका सचिव गजेन्द्र कुमार ठाकुर विरूद्ध ६० करोड ४९ लाख १९ हजार ८८४ रुपैयाँ बिगो, बिगो बमोजिम जरिवाना र कैद सजाय हुनुपर्ने अख्तियारको माग छ।

उनीहरू चारै जना विशिष्ट श्रेणीका सचिव पदमा रही भ्रष्‍टाचारमा संलग्न देखिएको हुँदा थप सजाय हुनुपर्ने दाबी लिइएको छ।

त्यसैगरी विकास समितिको तत्कालीन बोर्ड सदस्य रहेका रूद्रसिंह तामाङलाई ११ करोड ९ लाख १७ हजार ४५८ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा लागेको छ। उनलाई पनि बिगो, बिगो बमोजिम जरिवाना र कैद सजाय माग गरेको छ। उनी हाल अध्‍यागमन विभागका महानिर्देशक छन्।

अर्का सदस्य चन्द्रबहादुर थापासँग अख्तियारले ७१ करोड ५८ लाख ३७ हजार ६४३ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा लगाएको छ। उनलाई बिगो, बिगो बमोजिम जरिवाना गरी र कैद सजायको मागदाबी गरेको हो।

विकास समितिका तत्कालीन कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलविरूद्ध पनि मुद्दा दायर भएको छ।

अख्तियारले भट्‍टराईसँग २२ करोड ७५ लाख १९ हजार ८९६ रुपैयाँ, देवकोटासँग ३२ करोड ३५ लाख ६१ हजार ६६३ रुपैयाँ र कँडेलसँग ८९ करोड ८ लाख ९८ हजार २८५ रुपैयाँ बिगो मागदाबी गरेको हो।

यो मुद्दामा अख्तियारले कँडेलसँग सबैभन्‍दा बढी बिगो मागदाबी गरेको छ। उनीहरू सदस्यसचिव तथा महाप्रबन्धक सरह कार्यकारी निर्देशक पदमा रहेर भ्रष्टाचार गरेको भन्दै थप सजाय माग गरेको हो।

अख्तियारका अनुसार समितिका तत्कालीन उपसचिव एवं लेखा मणिभद्र न्यौपाने, लेखा अधिकृत रामचन्द्र न्यौपाने र लेखा बेगनाथ पौडेलले जनही ३२ करोड ३५ लाख ६१ हजार ६६३ रुपैयाँ बराबरको भ्रष्टाचार गरेका छन्। तत्कालीन लेखा केदारप्रसाद अर्यालले ४४ करोड ७३ लाख ७३ हजार ७२ रुपैयाँ भ्रष्टाचार गरेका छन्। उनीहरूबाट पनि बिगो असुल, बिगो बमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ।

समितिका सिनियर डिभिजनल इन्जिनियर तथा उपकार्यकारी निर्देशक भोजबिक्रम थापाले ३२ करोड ३५ लाख ६१ हजार ६६३ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

परामर्शदाता इप्तिसा बेट्स जेभीका तत्कालीन डेपयुटी टिम लिडरविरूद्ध अख्तियारले ४८ करोड ३६ लाख ७ हजार ५८० रुपैयाँ बिगो र बिगो बमोजिम जरिवाना हुनुपर्ने दाबी गरेको छ।

उक्त कम्पनीसँग छुट्टै ८७ करोड ५८ लाख ८३ हजार ३६० रुपैयाँ बिगो असुली गर्नुपर्ने पनि अभियोगपत्रमा उल्लेख छ।

त्यसैगरी सम्झौता गरिएको निर्माण व्यवसायी सिएमसी दि रभिनाविरूद्ध अख्तियारले ६५ करोड १४ लाख ५७ हजार ४१० रुपैयाँ बराबरको जरिवाना असुल गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सबै प्रतिवादीले १ करोड भन्दा माथिको भ्रष्टाचार गरेको भएर उनीहरूलाई ८ देखि १० वर्ष कैद सजाय हुनुपर्ने अख्तियारको माग छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी