युक्रेनको डोनबास क्षेत्रको महत्वपूर्ण किल्लाको रुपमा रहेको एभदिभ्का शहर रुसी सेनाले कब्जा गरेको छ । युक्रेनका सेना प्रमुख एलेक्जेन्डरले सो शहरबाट सेनाको जीवन रक्षा र स्वास्थ्यलाई ध्यानमा दिएर सेना फिर्ता गरिएको बताएका छन् ।
तर रुसी अधिकारीहरुले सो शहर कब्जामा आएको र त्यस क्रममा युक्रेनी सेनाका टुकडीहरु पूर्ण घेराबन्दीमा पर्ने देखेर भागेको बताएका छन् । कैयौ घाईते सैनिकहरुलाई छाडेर युक्रेनी सेना भागेको रुसी पक्षको भनाई छ ।
लामो लँडाई पछि रुसले अर्को रणनीतिक महत्वको शहर नियन्त्रणमा लिएको छ । २ वर्षदेखि रुस युक्रेन युद्ध जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline