बोक्सी भन्दै महिलालाई मलमुत्र खुवाएर कुटपिट, झाँक्री पक्राउ

बोक्सी भन्दै महिलालाई मलमुत्र खुवाएर कुटपिट, झाँक्री पक्राउ

  • शुक्रबार, फाल्गुन ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

विराटनगर ।मोरङको बूढीगंगामा बोक्सीको आरोप लगाउँदै एक जना महिलामाथि कुटपिट गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको बूढीगंगा गाउँपालिका–७ की ५० वर्षीय पारो माझीलाई पक्राउ पक्राउ गरेको हो । उनी गाँउमा झाँक्रीको काम गर्दै आएकी थिईन् ।

प्रहरीका अनुसार ५५ वर्षीय महिलालाई कुटपिट गर्दै र यातना दिई मानव मलमूत्र खुवाएर अमानवीय व्यवहार गरिएको प्रहरीले बताएको छ ।
बिहिबार दिँउसोको उक्त घटनाको जानकारी प्रहरीले साँझ मात्र पाएको थियो ।

प्रहरीका अनुसार धामी झाँक्री भएर झारफुकको काम गर्ने माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । पूजाको दियो चोरी गरेको आरोप उनले ती महिलालाई लगाएर यातना दिएकी थिईन् ।

जोखाना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा दियो चोरेको थाहा भएकाले बोक्सीलाई गर्ने कारबाही गरेको माझीले प्रहरीसमक्ष स्वीकार गरेकी छन् ।

त्यस क्रममा पीडितले आफू बोक्सी नभएको र आफूले दियो समेत नचोरेको भन्दै यातना नदिन र मलमूत्र नखुवाउन पटक पटक आग्रह गरेको प्रहरीको भनाइ छ ।

धामी झाँक्रीको काम गर्दै आएकी माझीलाई पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी