भारतमा चर्किदै किशान आन्दोलन, आज भारत बन्द

भारतमा चर्किदै किशान आन्दोलन, आज भारत बन्द

  • शुक्रबार, फाल्गुन ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

४ फागुन, काठमाडौं । भारतका किसानहरुले आज देशभर बन्द आह्वान गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेका हुन् । केही दिन यता भारतमा किशान आन्दोलन चर्किदै गएको छ ।

ग्रामिण भारत बन्द भएकाले आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द छ । साथै बजार, पसल र अन्य कामहरु पनि बन्द छन् । यो बन्दलाई कांग्रेस, कम्युनिष्ट लगायतका पार्टी र किसान संगठनहरुले पनि समर्थन गरेका छन् ।

बन्दका कारण राजधानी दिल्लीसहितका राज्यहरुमा कडा सुरक्षा प्रबन्ध मिलाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

किसानहरुको कृषि ऋण मिनाह हुनुपर्ने, उत्पादनको उचित मूल्य पाउनुपर्ने, विगतका आन्दोलनमा मुद्दा चलाइएका किसानहरुको मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग राखेर भारतका किसानहरु आन्दोलनमा छन् ।

राजधानी नयाँदिल्ली पुगेर सरकारलाई आफ्ना माग सुनाउने भन्दै किसानहरुले यही फागुन १ गतेदेखि ‘दिल्ली जाऔं’ अभियान पनि सुरु गरेका थिए । तर विभिन्न प्रदेशहरुले नाका बन्द गरेर किसानहरुलाई रोकेका छन् ।

उनीहरु सडकमै खाने, बस्ने, सुत्ने गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ