युक्रेनको एडभिका शहर रुसद्धारा कब्जा गर्ने चरणमा रहेको अमेरीकाको चेतावनी

युक्रेनको एडभिका शहर रुसद्धारा कब्जा गर्ने चरणमा रहेको अमेरीकाको चेतावनी

  • शुक्रबार, फाल्गुन ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

युक्रेनी सेनाको ठूलो किल्लाको रुपमा रहेको डोनेस्कको एडभिका शहरलाई रुसी सेनाले कब्जा गर्ने तयारी गरेको अमेरीकाले चेतावनी दिएको छ । दिन दिनै रुसी सेना अघि बढीरहेको र युक्रेनी सेना पछि हट्दै गएको अमेरीकी विदेशमन्त्री जोन किरीबीले दाबी गरे । एडभिका रुस नियन्त्रित भूभागमा क्षेप्यास्त्र हान्न प्रयोग भएको युक्रेनी किल्ला भएको रुसको दाबी छ ।

यहाँ ठूला ठूला ट्रेन्च र सुरुगंहरु बनाईएको बताईएको छ ।

हतियारको कमीका कारण युक्रेनी सेना संकटमा परेको भन्दै उनले संसदबाट ६० अर्ब डलरको सैन्य सहायता दिने विधेयक पारित गर्न आग्रह गरेका छन् ।

अमेरीकाले थप हतियार दिएमा रुसी आक्रमणमा अवरोध पुर्याउन सकिने उनले बताएका छन् ।

सन् २०२२ फेब्रुअरी २४ देखि जारी युद्धमा लाखौँ सेना र नागरिकको ज्यान गईसकेपनि अमेरीका र नेटोको बलमा युक्रेनले युद्ध जारी राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ