आममाफी प्रकरणमा विवादमा परेपछि गलत भयो भन्दै हंगेरीकी राष्ट्रपतिले दिईन राजीनामा

आममाफी प्रकरणमा विवादमा परेपछि गलत भयो भन्दै हंगेरीकी राष्ट्रपतिले दिईन राजीनामा

  • आइतवार, माघ २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

हंगेरीकी राष्ट्रपति काटालिन नोभाकले राजीनामा दिएकी छन्। बाल यौन शोषणको मुद्दामा दोषी ठहरिएका व्यक्तिलाई माफी दिने निर्णय विवादमा परेपछि कन्जरभेटिभ राष्ट्रपति नोभाकले शनिबार राजीनामा दिएकी हुन्।

हंगेरीमा सरकारले सञ्चालन गरेको बालगृहमा बालबालिकामाथि यौनशोषण गरेको अभियोगमा त्यहाँको प्रमुखलाई ८ वर्षको जेल सजाय सुनाएको थियो।

उक्त घटनालाई लुकाउन भूमिका खेलेको अभियोकमा उनका सहयोगीलाई पनि जेल सजाय सुनाएको थियो।

गत वर्षको अप्रिलमा पोप फ्रान्सिसको हंगेरी भ्रमणको अवसरमा राष्ट्रपति नोभाकले ती व्यक्तिसहित दुई दर्जनलाई माफी दिएको एशोसियट प्रेसले उल्लेख गरेको छ।

जघन्य अपराधका मतियारलाई आममाफी दिएपछि हंगेरीमा एक साता अघिदेखि राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन भएको थियो।

चर्को आलोचनापछि उनले शनिबार माफी माग्दै पदबाट राजीनामाको घोषणा गरेकी हुन्।

‘म बाट गलत काम भएछ। माफी माग्दै पदबाट राजीनामा दिएको घोषणा गर्छु,’ शनिबार टेलिभिजन सम्बोधनमा उनले भनिन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ