एजेन्सी । पाकिस्तानमा आज आम निर्वाचनका लागि मतदान भईरहेको छ । यसमा देशभर मुख्य तीन वटा पार्टी प्रतिस्पर्धी रहेका छन् । ईमरान खानको तहरिक ए ईन्साफ, नवाज सरीफको पिएमएलएन र बिलाल भुट्टोको पाकिस्तान पिपुल्स पार्टीबीच प्रतिस्पर्धाृ रहेको बताईएको छ ।
नवाज सरीफ जेलबाट उपचारका लागि बेलायत गएका बेला उतै बसेका थिए र गत वर्ष मात्रै पाकिस्तान आएका हुन् । त्यसै गरी विभिन्न मुद्धामा खान जेलमा छन् । विवाल भुट्टो पूर्व प्रधानमन्त्री बेनेजिर भुट्टोकी छोरा हुन् ।
ईमरान खान सहित विभिन्न दलका नेताहरुले बिहानै जेलबाटै डाक सेवा मार्फत मतदान गरेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।
मतदानको क्रममा सुरक्षा व्यवस्था कडा पार्न देशभरको मोबाईल सेवा बन्द गरिएको सरकारले जनाएको छ ।
पाकिस्तानमा सेनाको भूमिका महत्वपूर्ण हुने भएकाले सेनाले अनौपचारीक रुपमा सहयोग गर्ने पार्टी ठूलो दल र दलको नेता प्रधानमन्त्री हुने संभावना रहेको छ ।