वासिङ्टन । अमेरिका र बेलायतले यमनमा हुथी विद्रोहीको स्थानमा फेरि हवाई आक्रमण सुरु गरेका छन् । पेन्टागनले सोमबारको आक्रमणले आठवटा लक्ष्यलाई लक्षित गरेको बताएको छ जसमा भूमिगत भण्डारणका साथै हुथी विद्रोहीहरूको मिसाइल र निगरानी क्षमताहरू समावेश छन्।
इरान समर्थित हुथी विद्रोहीहरूले इजरायल र पश्चिमी देशहरूसँग जोडिएका लाल सागरमा रहेका जहाजहरूलाई निशाना बनाएका छन्। अमेरिका र बेलायतले ‘वस्तुको स्वतन्त्र आवतजावत’लाई जोगाउन प्रयास गरिरहेको बताएका छन्।
पेन्टागनले जारी गरेको संयुक्त विज्ञप्तिमा हुथी विद्रोहीहरू विरुद्ध नयाँ चरण सुरु गरिएको बताइएको छ। विज्ञप्तिमा भनिएको छस् ‘हाम्रो उद्देश्य तनाव कम गर्नु र लाल सागरमा स्थिरता पुनर्स्थापित गर्नु हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline