माल्दिभ्सका राष्ट्रपतिले भारतलाइ भने, ‘१५ मार्चसम्म आफना सेना फिर्ता लैजानु’

माल्दिभ्सका राष्ट्रपतिले भारतलाइ भने, ‘१५ मार्चसम्म आफना सेना फिर्ता लैजानु’

  • सोमवार, माघ १, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

माले, १ माघ । माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मुइज्जुले भारतलाई मार्च १५, २०२४ सम्ममा आफ्नो देशबाट सबै सैनिक फिर्ता लैजान भनेका छन ।

भारतीय सेना फिर्ता गर्ने विषयमा औपचारिक वार्ता सुरु हिजोबाट त्यहाँस्थित परराष्ट्र मन्त्रालयमा भएको पहिलो समूहको बैठकमा उनले यस्तो जानकारी गराएका हुन् ।

भारत र माल्दिभ्स बिच पछिल्लाे समय तनाव बढिरहेकाे बेला राष्ट्रपति मुइज्जुकाे याे भनाइ  आएकाे हाे ।

राष्ट्रपतिका सार्वजनिक नीतिका प्रमुख सचिव अब्दुल्लाह नाजिम इब्राहिमले राष्ट्रपति भवनमा आयोजित पत्रकार सम्मेलनमा मालदिभ्सबाट भारतीय सेना फिर्ता गर्ने विषयमा हालसम्म विभिन्न तहमा ११ वटा बैठक भइसकेको जानकारी दिए ।

बैठकमा माल्दिभ्सका लागि भारतीय उच्चायुक्त मुनु महावर, भारतीय विदेश सचिव र देशका अन्य वरिष्ठ अधिकारी सहभागी रहेका थिए । सो बैठकमा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरुको समेत सहभागिता रहेको द माल्दिभ्स जर्नलले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ