अमेरिकी नौसेनाको बिमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त

अमेरिकी नौसेनाको बिमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त

  • शनिबार, पुस २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

क्यालिफोर्निया, २८ पुस । अमेरिकी नौसेनाको हेलिकप्टर दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको छ । 

सौभाग्यवश दुर्घटनामा चालक दलका सबै सदस्य बाँच्न सफल भएका छन् । अमेरिकी सेनाका प्रवक्ताले यसको पुष्टि गरेका छन् । प्रवक्ताका अनुसार अमेरिकी नौसेनाको हेलिकप्टर अघिल्लो  राति दक्षिणी क्यालिफोर्नियामा दुर्घटनामा परेको हो ।

न्युयोर्क पोस्टको रिपोर्टका अनुसार हेलिकप्टरमा जम्मा ६ जना सवार थिए, जो चमत्कारी ढंगले बाँचेका छन  । अमेरिकी नौसेना कमाण्डरले भने कि एमएच–६० आर हेलिकप्टर साँझ ६ः४० बजे दक्षिणी क्यालिफोर्नियामा दुर्घटनामा परेको थियो। हेलिकप्टर खसेको बेला नियमित प्रशिक्षण भइरहेको थियो ।

सेनाका प्रवक्ताले हेलिकप्टरमा रहेका चालक दलका सदस्यहरु घाइते भएको तर अहिले उनीहरुको अवस्था खतरामुक्त रहेको बताए । यस सम्बन्धमा अहिलेसम्म थप जानकारी दिइएको छैन । 
घटनास्थलमा अमेरिकी कोस्ट गार्डका कर्मचारीहरू उपस्थित छन् ।विभागले अहिले दुर्घटनाको अनुसन्धान गरिरहेको छ । उनले हेलिकप्टरमा सवार सबै यात्रु सकुशल भागेको र कसैको पनि मृत्यु नभएको बताए ।

यसअघि नोभेम्बरमा पनि प्रशिक्षण अभ्यासका क्रममा अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ५ अमेरिकी सैनिकको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ