नगद तीन करोड ३५ लाखसहित रामबहादुर बम्जन सार्वजनिक

नगद तीन करोड ३५ लाखसहित रामबहादुर बम्जन सार्वजनिक

  • बुधबार, पुस २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौँ, २५ पुस : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । हिजो साँझ पक्राउ परेका बाराको निजगढस्थित रतनपुरी स्थायी घर भएका ३४ वर्षीय बम्जनलाई सिआईबीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा सिआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले चार तला माथिबाट हाम्फालेर भाग्न खोजेका बेला बम्जनलाई काठमाडौँको बूढानीलकण्ठस्थित आफ्नै घरबाट हिजो साँझ पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार निजको साथबाट तीस लाख ९२ हजार नेपाली रुपैयाँ बराबरका विभिन्न १७ देशका मुद्राका साथै रु तीन करोड तीन लाख ७५ हजार बरामद गरिएको छ ।

निजविरुद्ध यौन सन्तुष्टी प्राप्त गर्ने तथा बालयौन शोषण तथा व्यक्ति बेपत्ता गरेको आरोपमा जाहेरी दर्ता भएको थियो । विसं २०७१ साउनदेखि बाराको हलखोरियामा रामबहादुर बम्जनको आश्रममा आनीको रूपमा रहेकी २२ वर्षीया महिलाको जाहेरीका आधारमा सर्लाही जिल्ला अदालतबाट विसं २०७६ माघ २३ गते प्रहरीलाई पक्राउ अनुमति प्राप्त भएको थियो ।

साथै अवैधरुपमा विदेशी तथा नेपाली मुद्रा सञ्चित गरी राखेको छन् भन्ने सूचनाका आधारमा बम्जनको खोजतलास गरी पक्राउ गर्न अनुमति प्राप्त भएको सिआईबीले जानकारी दिएको छ । लामो समयको खोजतलासपछि काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–६ रहेको आफ्नै घरमा लुकिछिपी बस्दै आएका बम्जनलाई हिजो साँझ पक्राउ गरिएको थियो ।

“पक्राउ गर्ने क्रममा घरको चौथो तलामा रहेको दक्षिणतर्फ झ्यालबाट खाली रहेको भिरालो जमिनमा हाम्फालेर भाग्न लागेका बेला ब्यूरोको टोलीले निजलाई पक्राउ गरेको हो”, सिआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकरीले भन्नुभयो । निजको साथबाट १४ थान मोबाइल, चार थान ल्यापटप र ट्याब, बीस वटा पेन ड्राइभ, रेकर्डर, मेमोरी कार्डलगायतका विद्युतीय सामग्री बरामद गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

बम्जनको आश्रमबाट बेपत्ता भएका व्यक्तिहरुको हकमा भने अनुसन्धान जारी रहेको सिआइबीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी