नेपालमा पनि कोरोनाको नयाँ भेरिएन्ट जेएन .१ पुष्टि

नेपालमा पनि कोरोनाको नयाँ भेरिएन्ट जेएन .१ पुष्टि

  • सोमवार, पुस २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौँ । पछिल्लो समय छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड १९ को सब(भेरियन्ट जेएन.१ नेपालमा पनि देखिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा पहिलो पटक जेएन.१ को संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

७ वटा नमुनामा जेएन.१ पुष्टि भएको छ । देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट १६ वटा नमुना संकलन गरी आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जिनोम सिक्वेन्सिङ गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

मन्त्रायलले कोभिड(१९ को सब(भेरियन्टको बढ्दो संक्रमणलाई ध्यान दिँदै सीमा नाकाका हेल्थ डेस्कहरूलाई आवश्यक स्क्रिनिङ गराउन अनुरोध गरेको छ । त्यस्तै स्वास्थ्य कार्यालयहरूलाई पनि मन्त्रालयले आवश्यक स्क्रिनिङ र निगरानीका साथै स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन मन्त्रालयले अनुरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी