व्यक्तिगत धम्की र ‘रंगभेदी दुस्मनी’ साधिएको भन्दै हार्वर्ड विश्वविद्यालयकी अध्यक्षले दिइन् राजीनामा

व्यक्तिगत धम्की र ‘रंगभेदी दुस्मनी’ साधिएको भन्दै हार्वर्ड विश्वविद्यालयकी अध्यक्षले दिइन् राजीनामा

  • बुधबार, पुस १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

पुस १८, एजेन्सी । अमेरिकी प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयकी अध्यक्ष क्लडिन गेले राजीनामा दिएकी छिन् । उनी हार्वर्डको पहिलो अश्वेत र दोस्रो महिला अध्यक्ष हुन् । बौद्धिक चोरीको आरोप र यहुदीविरोधी भावनाबारे दिईएको टिप्पणीको व्यापक आलोचनापछि अध्यक्ष गेलाई राजीनामा दिन व्यापक दबाब आएको थियो । विश्वविद्यालयको सर्वोत्तम हित का लागि आफ्ले राजीनामा दिएको घोषणा गरेकी छिन् ।

उनको राजीनामा पत्रमा घृणाविरुद्ध लडाइँ र विद्वतापूर्ण अभ्यासलाई निरन्तरता दिनेु आफ्नो प्रतिबद्धतामा सन्देह राख्नु दुःखद भएकोसमेत जनाएकी छिन् । पत्रमा उनले भनेकी छिन्, ‘म यो निर्णयमा सजिलै बएकी होइन । वास्तवमै यो शब्दमै बयान गर्न नसकिने गरी कठिन छ ।’

कुनै पनि व्यक्तिमा केन्द्रित नभई संस्थान प्रति केन्द्रित होस भनेर आफूले राजीनामा दिएको भन्दै उनले आफूलाई व्यक्तिगत धम्की आएको र रंगभेदी दुस्मनी साधिएको बताएकी छिन् । ६ महिना मात्र पदमा रहेकी गेको विश्वविद्यालयको ३८८ वर्ष लामो इतिहासमा सबैभन्दा छोटो कार्यकाल हो । अक्टोबरमा इजरायल हमास युद्ध भएयता हार्वर्डले अन्य अमेरिकी विश्वविद्यालयहरू जस्तै यहुदी विद्यार्थीहरूको हितमा काम नगरेको आरोप खेप्दै आएको थियो । त्यस्तै केही यहुदी समूहहरूले पनि युद्ध सुरु भएयता अमेरिकामा यहुदीविरोधी घटना बढेको जनाएका थिए ।

गत डिसेम्बर ५ मा एमआईटीका अध्यक्षसँगै गेले पनि क्याम्पसमा यहुदीविरोधी भावना बढेको विषयमा बयान दिएकी थिइन् । उनको बयानपछि ७० भन्दा बढी अमेरिकी सांसदहरूले पत्र लेखेर उनको राजीनामा मागेका थिए । बयानका क्रममा गेले ‘यहुदीहरूको हत्या’ आह्वान गर्नु घृणित कार्य भएको प्रतिक्रिया दिएकी थिइन् । त्यस्तै उनले हार्वर्डको आचारसंहिता उल्लंघन हुने कुरा बदमासी वा उत्पीडनका के हो भन्ने कुरामा निर्भर हुने टिप्पणी गरेकी थिइन् । यस टिप्पणीको व्यापक आलोचनापछि उनले माफीसमेत मागेकी थिइन् ।

दर्जनौं राजनीतिकर्मी हार्वर्डका केही हाई प्रोफाइल पूर्वविद्यार्थीले गेको राजीनामा मागेका थिए । तर विश्वविद्यालयका करिब ७ सय कर्मचारी भने गेले राजीनामा दिनुनपर्ने पक्षमा देखिएका थिए ।
केही अमेरिकी सञ्चारमाध्यमले सरकार तथा ‘अफ्रिकन र अफ्रिकन अमेरिकन’ अध्ययनकी प्राध्यापकसमेत रहेकी गेले बौद्धिक चोरी गरेको ‘खुलासा’ गरेपछि हार्वर्डको बोर्डले गत महिना छानबिन गरेको थियो । बोर्डले गेका दुई वटा लेखमा अतिरिक्त स्रोत नखुलाइएको पत्ता लगाएको थियो ।

बीबीसीका उत्तर अमेरिकी संवाददाता एन्थोनी जर्चरले क्लडिन गे ‘अमेरिकी क्याम्पस संस्कृति’ को निसानामा परेको बताएका छन् । गेको राजीनामालाई ‘कन्जरभेटिभुहरूले अमेरिकामा ‘हाई प्रोफाइल भिक्ट्री’ का रूपमा लिएको उनले लेखेका छन् ।

एन्थोनीले आफ्नो रिपोर्टमा लेखेका छन्, ‘पीएचडी थेसिसमा बौद्धिक चोरीको आरोप उनको राजीनामाको एउटा कारण हो । उनको बहिर्गमन शैक्षिक बेइमानीभन्दा धेरै पर छ ।’ दक्षिणपन्थी आलोचकहरूले अमेरिकी उच्च शिक्षामा ‘वामपन्थी विचारधारा’ हावी भएको आरोप लगाउँदै  आएका छन् । गे हार्वर्डको अध्यक्ष हुनु हुँदैन भनेर केहीले अभियान नै समेत चलाएका थिए । ‘विविधता, समानता र समावेशिता’ को विरोध गर्ने अनुदारवादीहरूले गेलाई हार्वर्डमा अश्वेत भएकैले ल्याइएको आरोपसमेत लगाएका थिए ।

क्लडिन गेले सन् १९९२ मा स्टानफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा बीए गरेकी थिइन् । त्यस्तै हार्वर्डबाट राजनीति शास्त्रमा एमए र विद्यावारिधि गरेकी हुन् । विद्यावारिधिको शोधपत्रले ‘राजनीति शास्त्रको उत्कृष्ट शोधपत्र’ का लागि दिइने टोप्पान पुरस्कारसमेत पाएको थियो । हार्वर्डको अध्यक्ष हुनुअघि हुनु मानव विज्ञान संकायकी डिन थिइन् । गेको राजीनामासँगै प्रमुख शैक्षिक अधिकृत एलन गार्बरलाई निमित्त अध्यक्षको जिम्मेवारी दिइएको पनि हार्वर्ड कोर्पोरेसनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ