युक्रेन युद्धमा थप तीन रुसी सेनामा कार्यरत नेपालीको मृत्यु

युक्रेन युद्धमा थप तीन रुसी सेनामा कार्यरत नेपालीको मृत्यु

  • बुधबार, पुस १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

युक्रेनसँगको लडाइँमा रुसी सेनामा भर्ती भएका थप तीन नेपालीको मृत्यु भएको छ । यसअघि सात नेपालीको मृत्यु भएको जानकारी आएकोमा थप तीनजनाको मृत्यु भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु भएको मस्कोस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको छ । रुस–युक्रेन लडाइँका क्रममा शाह र गिरीको १७ मंसिरमा मृत्यु भएको थियो । तर, परराष्ट्र मन्त्रालयले उनीहरूको मृत्युबारे १२ पुसमा जानकारी पाएको थियो ।

‘थप तीनजना नेपालीको मृत्युका विषयमा रुसले औपचारिक रूपमा कूटनीतिक च्यानलमार्फत जानकारी गराएको छ ।

यसअघि रुसी सेनामा कार्यरत कुन्दनसिंह नागल, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको मृत्यु भएको जानकारी आइसकेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा कार्यरत सयजना नेपालीका परिवारले विवरणसहित खोजबिन र स्वदेश फिर्ताको प्रयासका लागि मन्त्रालयमा निवेदन दिएको सार्वजनिक गरिसकेका छन् ।

चार नेपाली युक्रेनस्थित सैनिक नियन्त्रणमा रहेको सरकारले सार्वजनिक गरिसकेको छ । राजापुर– १ बर्दियाका विवेक खत्री, मण्डनदेउपुर– ६ काभ्रेका सिद्धार्थ ढकाल, लेटाङ– २ मोरङका विकास राई र रुन्टीगढी– ८ रोल्पाका प्रतीक पुन युक्रेनी सेनाको नियन्त्रणमा छन् । तर, युक्रेनले विवेक खत्री मात्रै युद्धबन्दीका रूपमा रहेको जानकारी दिएको छ । युक्रेनमा बन्दी नेपालीको रिहाइका लागि सरकारले अमेरिका र रेडक्रसको अन्तर्राष्ट्रिय समितिमार्फत प्रयास गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी