ईजरायलले गाजामा नरसंहार मच्चाएको भन्दै अन्तराष्ट्रिय अदालतमा मुद्धा दायर

ईजरायलले गाजामा नरसंहार मच्चाएको भन्दै अन्तराष्ट्रिय अदालतमा मुद्धा दायर

  • शनिबार, पुस १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

दक्षिण अफ्रिकाले इजरायलले गाजामा नरसंहार गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा मुद्दा दायर गरेको छ। बीबीसीका अनुसार आईसीजेले ‘जेनोसाइड कन्भेन्सन’अन्तर्गत इजरायलको दायित्व उल्लंघनसँग सम्बन्धित मुद्दा दायर गरेको पुष्टि गरेको छ।

तर, इजरायलले यो आरोपलाई ‘निराधार’ भन्दै कडाइका साथ अस्वीकार गरेको छ। इजरायली विदेश मन्त्रालयले दक्षिण अफ्रिकाले लगाएको यो आरोपलाई इजरायलले अस्वीकार गरेको जनाएको छ।

नेदरल्यान्ड्‌सको द हेगमा रहेको आईसीजे संयुक्त राष्ट्र संघको प्रमुख कानुनी निकाय हो। यसले विभिन्न देशबीचका विवाद समाधान गर्दछ र अन्तर्राष्ट्रिय कानुनी मुद्दामा सल्लाह दिन्छ।

आईसीजेमा मुद्दा दायर गरेपछि दक्षिण अफ्रिकाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी नरसंहार हुनबाट रोक्न बाध्य छौँ।’

इजरायलले अगाडि भनेको छ, ‘गाजापट्टीमा इजरायलले गरेको आक्रमण र त्यहाँबाट लखेटिएका नागरिकहरूको दुर्दशा देखेर दक्षिण अफ्रिका अत्यन्त चिन्तित छ।’ साथै त्यहाँ ९गाजामा० मानवताविरुद्धका अपराध र नरसंहार भइरहेका रिपोर्ट प्राप्त भइरहेको दाबी दक्षिण अफ्रिकाले गरेको छ।

विज्ञप्तिमा उसले भनेको छ, ‘त्यहाँ मानवताविरुद्धका अपराध र युद्ध अपराधजस्ता अन्तर्राष्ट्रिय अपराधका साथै नरसंहार वा यस्तै अपराधका रिपोर्टहरू आइरहेका छन्।’ आफ्नो आवेदनमा दक्षिण अफ्रिकाले आईसीजेलाई अर्को हप्ता मुद्दाको सुनुवाइ गर्न माग गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ