प्यालेष्टाईनीमाथि ईजरायली आक्रमण जारी

प्यालेष्टाईनीमाथि ईजरायली आक्रमण जारी

  • बिहिबार, पुस १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

अक्टोबर ७ यता ईजरायलले अन्धाधुन्ध प्यालेष्टाईनको गाजा, वेष्ट बैंक लगायतका क्षेत्रमा निरन्तर हमला गरी सर्वसाधारण, महिला तथा बालबालिकाको ज्यान लिने क्रम रोकिएको छैन । दिन दिनै बमबारी र आक्रमण गर्दा हाल सम्म २१ हजार बढी प्यालेष्टाईनी नागरिकको ज्यान लिईसक्दा समेत अमेरीका लगायत पश्चिमा देशहरुले ईजरायललाई सहयोग गर्न छाडेका छन् ।

मुस्लिम सहित थुप्रै देशले यो आक्र्रमणलाई अमानवीय र अत्याचार भन्दै सजाय भाग्ने चेतावनी दिईरहेका छन् ।

ईजरायलले हमासका नाममा प्यालेष्टाईनी नागरिकमाथि गरिरहेको अत्याचारको अन्य थुप्रै देशहरुले बिरोध गरीरहेका छन् । सँयुक्त राष्ट्रसंघले तत्काल युद्ध बिराम गर्न अपील गरीरहे पनि ईजरायल निरन्तर आक्रमणमा तल्लीन रहेको छ ।

शरणार्थी शिबिर, अस्पताल, विद्यालय सबै ईजरायली सेनाको निशानामा पर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ