रवि लामिछानेले जिबी राईसँग मिलेर आफू सदस्य नभएको सूर्य दर्शन सहकारीबाट एक करोड लिएको खुलासा

रवि लामिछानेले जिबी राईसँग मिलेर आफू सदस्य नभएको सूर्य दर्शन सहकारीबाट एक करोड लिएको खुलासा

  • सोमवार, पुस ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

१९ हजार बढी सर्वसाधारणको निक्षेप रहेको पोखराको सूर्यदर्शन सहकारीबाट ग्यालक्सी फोके टिभीका अध्यक्ष जिबी राई समुहले एक अर्ब ३५ करोड बढी रकम हिनामिना गरेको पाईएको छ । जिबी राईको उक्त ठगी कार्यमा रास्वपाका सभापति रवि लामिछाने पनि संलग्न भएको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ।

रवि लामिछानेले न्युज २४ छाडेर जिबी राईको नेतृत्वमा ग्यालेक्सी फोके टिभी खोलेका थिए । सहकारी घोटाला प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि हाल राई फरार रहेका छन् । अहिले केही दिन यता उक्त टिभीको समाचार र कार्यक्रम बन्द भएको छ ।

सर्वसाधारणबाट संकलित रकम जीबीले आफू र सञ्चालकहरूका नाममा पेस्कीका रुपमा निकाली हिनामिना गरेको र नक्कली कारोबारबाट फर्छ्योट गरेको देखिन्छ । यही क्रममा सूर्यदर्शन सहकारीसँग कुनै साइनो नभएको दाबी गर्ने लामिछानेले पनि पेस्कीका नाममा एक करोड लिएको र राईकै शैलीमा अर्को खाता खडा गरी फर्छ्योट गरेको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीसँग सम्बन्ध नभएको व्यक्तिले आन्तरिक ऋणबापत एक करोड लिने र कृत्रिम खाता गरी फर्छ्योट गरेको भनिए पनि उक्त रकम सहकारीका नाममा आएको नदेखिएको छानबिन टोलीका अधिकारीहरूले बताएका छन् । अध्ययनको नेतृत्व गरेका सीए लामिछानेका अनुसार जीबी राई र रवि लामिछानेले सहकारीमा गरेको क्रियाकलाप गैरकानुनी हो । ‘सहकारीले कुनै पनि नाफामूलक संस्थालाई ऋण दिन मिल्दैन । त्यस्ता संस्थालाई सदस्य बनाउनै मिल्दैन । सदस्य नै बनाउन नमिल्ने संस्थासँग कारोबार गर्न मिल्ने कुरै भएन,’ उनले भने, ‘अर्कोतर्फ रवि लामिछाने सहकारीका बचतकर्ता र सदस्य होइनन् । बचतकर्ता र सदस्यसमेत नभएको व्यक्तिलाई सहकारीले ऋण दिन मिल्दैन । जुन काम जीबी राई र रवि लामिछानेले गरे ।’

–कान्तिपुरबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी