गाजामा ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कर्मचारी मारिएः महासचिव गुटेरेस

गाजामा ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कर्मचारी मारिएः महासचिव गुटेरेस

  • शनिबार, पुस ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

इजरायल र हमासबीच जारी द्वन्द्वमा पछिल्लो ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कर्मचारीको ज्यान गएको छ । साथै थुप्रै कर्मचारीहरूले काम छोड्न वाध्य भएको पनि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससले बताउनु भएको छ ।
गुटेरेसले विश्व सङ्गठनको लामो इतिहासमा यसका कर्मचारीको यति ठूलो हताहतको संख्या अहिलेसम्म कहिल्यै नभएको बताउनु भएको छ ।
“गाजामा हाम्रा १३६ जना सहकर्मीहरू ७५ दिनमा मारिएका छन् – जुन हामीले संयुक्त राष्ट्रसंघको इतिहासमा कहिल्यै देखेका थिएनौं। हाम्रा अधिकांश कर्मचारीहरूलाई उनीहरूको घरबाट जबरजस्ती भगाइएको छ,” महासचिव गुटरेसले ट्विटरमा लेख्नु भएको छ । “म ती व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु” उहाँले लेख्नु भएको छ ।

गत अक्टोबर ७ मा हमासको आक्रमणपछि जारी द्वन्द्वमा हजारौ सशस्त्र र निहत्था जनताको ज्यान गएको छ । करिब २ हजार ५०० आतङ्ककारीहरूले गाजा पट्टीबाट इजरायलतर्फको सीमा तोडेर सयौंको हत्या गर्दै थुप्रै व्यक्तिहरूलाई कब्जामा लिएपछि इजरायल-हमास द्वन्द्वले चरम ध्वंसात्मक रूप लिएको छ।
त्यस आक्रमणपछि इजरायलले हमासको पूर्वाधारलाई लक्षित गरी सम्पूर्ण आतङ्ककारी समूहलाई नष्ट गर्ने भन्दै आक्रमणलाई तिरन्तरता दिएको छ ।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले गाजा शहरको शेजैया छिमेकमा पूर्ण “सञ्चालनात्मक नियन्त्रण” स्थापना गरेको बताएको छ जसले हमास विरुद्धको भूमि आक्रमणका क्रममा भीषण लडाइँको सामान गरिरहेको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।
आइडीएफले विज्ञप्ति जारी गर्दै ३६ औं डिभिजनले शेजैयामा हमासको “मुख्य बल” ध्वस्त पारेको बताएको छ। सेनाले हमासको पूर्वाधार नष्ट गर्न निरन्तरता दिने पनि उल्लेख गरेको छ ।
आईडीएफका अनुसार घर, विद्यालय, स्वास्थ्य क्लिनिकमा भेटिएका दर्जनौं टनेल शाफ्टहरू नष्ट गरिएका छन्। गोलानी ब्रिगेडका सेनाले हमासका वरिष्ठ सदस्यहरूको घरमा छापा मारेको र शेजैयामा गुप्तचर सामग्रीहरू कब्जा गरेको आईडीएफले जनाएको छ।
यसअघि आईडीएफले केन्द्रीय गाजा पट्टीमा आफ्नो ग्राउन्ड अपरेशनहरू विस्तार गरेको बताएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी