चीनको गान्सु प्रान्तमा सोमबार राति गएको ६.२ म्याग्नीच्युटको शक्तिशाली भूकम्पमा परेर एकसय भन्दा बढीको मृत्यु भएको छ। चीनीया सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण भवनहरु भत्किँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ। चिनियाँ अधिकारीहरुका अनुसार दुईसय भन्दा धेरै घाइते भएका छन्।
भूकम्पको कारण भत्किएका भौतिक संरचनाको भग्नावशेषमा थुप्रै व्यक्ति पुरिएको आशंका गरिएको छ। युएसजीएसका अनुसार यो भूकम्प लिनक्सिया चेङगुआन्जेनबाट करिब २३ माईल पश्चिम उत्तरपश्चिममा ६ माइलभन्दा कम गहिराइमा गएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline