प्यालेष्टाईनको गाजा क्षेत्रमा ईजरायली आक्रमणका कारण मानवीय संकट बढेको भन्दै सँयुक्त राष्टसंघको महासभाद्धारा तत्काल युद्ध विराम गर्न प्रस्ताव पारित गरेको छ । १९३ देश सदस्य रहेका मध्य १५३ देश अर्थात दुई तिहाई विश्वका सदस्य देशहरुले तत्काल युद्ध बिराम गर्नु पर्ने प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।
यसै गरी ईजरायल सहित १० राष्ट्रले बिपक्षमा मतदान गरेका थिए भने २३ राष्ट्र अनुपस्थित रहेका थिए ।
प्यालेष्टाईनले यो निर्णयलाई ऐतिहासिक भनेको छ । उता ईजरायल भने यो प्रस्ताव पारित गर्न नदिन लागि परे पनि असफल भएको छ ।
७ अक्टोबारबाट शुरु भएको हमला र आक्रमणमा अहिले सम्म महिला, बालबालिका सहित १६ हजार प्यालेष्टाईनी नागरिकको मृृत्यु भएको छ भने ५० हजार बढी घाईते भएका छन् ।
हमासले ईजरायलमा गरेको आक्रमणमा पनि १४ सय ईजरायली सेना, नागरिक र विदेशी नागरिक समेतको मृत्यु भईसकेको छ ।
अमेरीकी समर्थनमा ईजरायलले गाजा र वेष्ट बैंकमा आम मानिसहरुमाथि समेत अन्धाधुन्ध हमला जारी राखेको छ ।