युरोपेली युनियनको निर्यात नीतिहरू ‘अर्थहीन’ छन्: चीन

युरोपेली युनियनको निर्यात नीतिहरू ‘अर्थहीन’ छन्: चीन

  • बुधबार, मंसिर २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

चीनले राजधानीमा एउटा उच्चस्तरीय शिखर सम्मेलनको पूर्वसन्ध्यामा बेइजिङप्रति युरोपेली युनियनको निर्यात नीतिहरूको कुनै ‘अर्थ’ नभएको बुधबार बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भन्नुभयो, “यदि युरोपेली युनियनले एकातिर चीनमा उच्च प्रविधियुक्त उत्पादनहरूको निर्यातमा गम्भीर प्रतिबन्ध लगाउँछ र अर्कातिर चीनतर्फको निर्यातमा उल्लेखनीय वृद्धिको अपेक्षा गर्छ भने यसको कुनै अर्थ छैन ।”

युरोपेली युनियन–चीन शिखर सम्मेलनका लागि युनियनका प्रमुख उर्सुला भोन डेर लेयन, युनियनका शीर्ष कूटनीतिज्ञ जोसेप बोरेल र युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेल बिहीबार बेइजिङमा हुनुहुनेछ । सन् २०१९ पछि ब्रसेल्स प्रमुखहरू र चिनियाँ राष्ट्रपति सी जिनपिङ तथा प्रधानमन्त्री ली छ्याङबीच यो पहिलो व्यक्तिगत शिखर सम्मेलन हुनेछ र मुख्य कुराकानीको विषयमध्ये एक व्यापार हुनेछ ।

“युरोपेली नेता समयसँगै व्यापार सम्बन्धमा असन्तुलन सहन सक्तैनन्”, भोन डेर लेयनले वार्ताअघि एक अन्तरवार्तामा एएफपीलाई भन्नुभयो, “तर हामी वार्ताबाट समाधान निकाल्न रुचाउँछौँ ।”

“चीन युरोपेली युनियनको विश्वासयोग्य र अपरिहार्य साझेदार हो, वार्ता र परामर्शको माध्यमबाट मतभेदहरूलाई सही ढङ्गले सम्हाल्नु महत्त्वपूर्ण कुरा हो”, प्रवक्ता वाङले बुधबार एक नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “युरोपेली पक्षले चीनसँग मिलेर काम गर्नेछ, चीन–युरोपेली युनियनका नेताहरूको बैठकको सफल आयोजनाका लागि सकारात्मक वातावरण बनाउने छ र चीन–युरोपेली युनियनले सम्बन्धलाई स्वस्थ र दिगो विकासका लागि संयुक्त प्रयास गर्नेछन् भन्ने हामीलाई विश्वास छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ