सरकारले रुसी सेनामा कार्यरत हुँदा ज्यान गुमाएका नेपालीहरूको विवरण सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मृतकको शव नेपाल पठाउन रुसी सरकारसँग अनुरोध गरिएको बताएको छ।
मन्त्रालयका अनुसार मृत्यु हुनेहरूमा सन्दीप थपलिया–गोरखा, रुपक कार्की, वाणगंगा–१, कपिलवस्तु, दुवान राई–कास्की, पितम कार्की– पुलतीबजारद्द५ स्याङ्जा, राजकुमार रोका, मेलुङ–६ दोलखा, गंगाराज मोक्तान, इलाम–५, इलाम रहेको जनाइएको छ।
नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।
रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ।
केही समयदेखि विभिन्न भिषामा रुस पुगेका युवाहरु सेनामा भर्ती भएको सार्वजनिक भएको थियो । विभिन्न माध्यमबाट रुस पुगेका युवाहरु धमाधम रुसी सेनामा भर्ती हुँदै युद्धमा कुदिरहेका छन् ।
प्रधानमन्त्रीका अनुसार युक्रेन पुगेका युवाहरु समेत त्याँहाको सेनामा भर्ती भएका छन् ।