झापाको गौरीगन्ज गाउँपालिका–४ की रविना ताजपुरियाले डेढ महिनाअघि तिम्ल्याहा शिशु जन्माएकी थिईन् । सुकुम्वासी परिवारकी रविनालाई यी बच्चा हुर्काउन सकस परेको समाचार सावजनिक भएका बेला गाँउपालिकाले उनलार्ईृ दुधालु गाई हस्तान्तरण गरेको हो ।
गौरीगन्जमा अध्यक्ष र उपाध्यक्ष दुवै महिला भएकाले पनि उनीहरूले सुत्केरीको सास्तीबारे सहजै अनुभूति गरे । सुत्केरी र शिशुको अवस्था थाहा पाउनेबित्तिकै पालिकाले सहयोगस्वरूप सुत्केरी र नवजात शिशुको भरणपोषणका लागि दुधालु गाई उपहार दिएको छ ।
रविनालाई गाउँ कार्यपालिकाले ३३ हजार रुपैयाँमा गाई किनेर उपहार दिएको अध्यक्ष फूलवती राजवंशीले बताइन् ।
पालिकाले दुधालु गाई उपहार दिएपछि ताजपुरिया परिवार खुसी छ ।
यसैगरी जर्मनीको पुष्प बरुवाल फाउन्डेसनमार्फत सुत्केरी ताजपुरियालाई सहयोगबापत ३० हजार रुपैयाँ पनि प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।