युद्ध बिराम सकिएपछि ईजरायलद्धारा गाजामा फेरी आक्रमण शुरु

युद्ध बिराम सकिएपछि ईजरायलद्धारा गाजामा फेरी आक्रमण शुरु

  • शुक्रबार, मंसिर १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

इजराइली सेनाले गाजामा आफूले पुनः हमला सुरु गरेको शुक्रबार बताएको छ । इजराइल र हमासबीच युद्धविराम समाप्त भएको र त्यसलाई बढाउनका लागि कुनै सम्झौता नभएपछि गाजा सहरमा हवाई हमला र तोप प्रहार गरिएको सूचना प्राप्त भएको छ ।

“हमासले जारी विरामको उल्लङ्घन गरेको छ, यसका साथै उसले इजरायली क्षेत्रतर्फ गोली हानेको छ”, इजराइली सेनाले भनेको छ, “आइडिएफ ९इजराइली सुरक्षा बल० ले गाजापट्टीमा हमास लडाकू समूहविरुद्ध पुनः लडाइँ सुरु गरेको छ ।”

उक्त घोषणा गाजाबाट प्रहार गरिएको एउटा रकेटलाई रोकेको बताएको केही मिनेटपछि आएको हो । सो रकेट आक्रमण युद्धविरामको पहिलो दिन केही मिनेटमा क्षेप्यास्त्र प्रहार गरेपछिको उक्त क्षेत्रमा पहिलो थियो ।

गाजाभित्र रहेका एएफपीका एक पत्रकारका अनुसार इजराइली लडाकू विमानहरूले धेरै हमला गरेका छन् र गाजा सहरमा तोप प्रहार भएको छ । युद्धको पुनः सुरुआतले सात दिने युद्धविरामको विस्तारको अपेक्षाहरूलाई धरासायी बनाएको छ । सम्झौताअन्तर्गत प्यालेस्टिनी बन्दीको रिहाइको बदलामा हमासबाट दर्जनौँ बन्धकलाई रिहा गरिएको थियो । युद्धविरामले क्षतिग्रस्त गाजापट्टीमा थप सहयोगका लागि अनुमतिसमेत दिएको छ ।

बिहीबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजराइली र प्यालेस्टिनी अधिकारीहरूसँग भेटेर शत्रुता रोक्ने क्रमलाई बढाउन आह्वान गर्नुभएको थियो । साथै उहाँले युद्धको कुनै पनि सुरुआतले प्यालेस्टिनी नागरिकको रक्षा हुनुपर्ने चेतावनी दिनुभयो ।

युद्धविरामले अक्टोबर ७ देखि सुरु भएको युद्धलाई रोकेको थियो । हमासका लडाकूहरू गाजाको सैन्यकृत सीमा तोडेर इजराइलमा पसेपछि युद्ध सुरु भएको थियो । इजराइली अधिकारीहरूका अनुसार अचानक भएको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सयको मृत्यु भएको थियो भने हमास लडाकूहरूले करिब दुई सय ४० मानिसलाई अपहरण गरेका थिए ।

जवाफमा इजराइलले हमासलाई निमिट्यान्न पार्ने वाचा गर्दै गाजामा हवाई र स्थल आक्रमण सुरु गर्यो । हमास सरकारका अनुसार इजराइली हमलामा अधिकांश सर्वसाधारणसहित १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

कतारको मध्यस्थतामा भएको युद्धविरामका क्रममा दुई सय ४० प्यालेस्टिनी बन्दीहरूको बदलामा ८० इजराइली बन्धकलाई मुक्त गरिएको थियो । इजराइलमा बसोबास गर्ने २० भन्दा धेरै थाईलाई सम्झौताको दायराभन्दा बाहिर रहेर मुक्त गरिएको थियो । दुई महिलालाई मुक्त गरिएको केही घन्टापछि रातारात थप छ इजराइलीलाई रिहा गरिएको थियो । ती इजराइलीसँग दोहोरो राष्ट्रियता थियो ।

यसबाट बिहीबार रिहा हुने कूल मानिसको सङ्ख्या आठ भएको छ । यो युद्धविराम सम्झौताअन्तर्गत हमासले रिहा गर्नका लागि आवश्यक प्रतिदिन १० बन्धकभन्दा कम हो । हमासको एक निकट स्रोतका अनुसार उसले सातौँ खेपको हिस्साका रूपमा बुधबार रिहा गरिएका दुई रुसी–इजराइली महिलालाई गणना गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ